यूरोपबाट सुरु हुदैं हमाल,नन्दिता र हिमालको वर्ल्ड टुर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७१, बुधबार ११:५५

महानायक राजेश हमाल,नायिका नन्दिता केसी र गायक हिमाल सागर अब वर्ल्ड टुरमा निस्किने भएका छन् । यात्रा फाउन्डेसनले गर्न लागेको कल्चरल टुरमा राजेश हमाल,नायिका नन्दिता केसी,गायक हिमाल सागर र यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले वर्ल्ड टुर गर्ने भएका हुन् । अप्रिलको पहिलो साताबाट सुरु हुने वर्ल्ड टुरले नेपाली कलासंस्कृति तथा मौलिक पहिचानलाई विश्वसामु पुर्‍याएर वर्ल्ड टुरले मदद्त गर्ने यात्रा यात्रा फाउन्डेसनका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए ।

himalयूरोपबाट सुरु हुन लागेको वर्ल्ड टुर उपलब्धि मुलक रहने नायक राजेश हमालले बताएका छन् । नायक हमालले आफुहरुले गर्न लागेको वल्र्ड टुरमा सबैले साथ दिन आग्रह गरेका छन् । त्यस्तैं गायक हिमाल सागरले यूरोपबाट सुरु हुन लागेको वर्ल्ड टुर उपलब्धि मुलक रहने बताए । गायक हिमाल सागर पछिल्लो समय देशभित्र भइरहेका विभिन्न स्टेज कार्यक्रममा सहभागी हुने गरेका छन् भने महानायक हमाल पनि विभिन्न स्टेज कार्यक्रममा नै सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१