भोली बुटवलमा रक्तभोगको विषेश च्यारिटी शो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार १६:१७

चितवनको माडीमा बोक्सीको आरोप लगाउर्दै करिब दुई बर्ष अगाडी ज्युदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र रक्तभोगको भोली सोमबार विहान ९ बजे बुटवलको मिलन चलचित्र हलमा च्यारिटी शो आयोजना हुने भएको छ । आज बुटवलमा पत्रकार सम्मेलन गदैं चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले यस्तो जानकारी दिएका हुन् । अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिन लागेको च्यारिटी शोमा सहभागी हुने चलचित्रका नायक शैलेस पौडेल,नायिका सारिका घिमिरे,कार्यकारी निर्माता कृष्णराज तिवारी बुटवल पुगेका छन् ।

sarikaक्षेत्री समाज,बुटवलको आयोजनामा हुन लागेको च्यारिटी शोमा ५०० बढि सहभागी रहने आयोजक संस्थाले जानकारी दिएको छ । आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दैं चलचित्रका कार्यकारी निर्माता कृष्णराज तिवारीले अन्धविस्वास,विकृति,कुरीतालाई अंगालेर बसेका मानिसहरुको विकृति मानसिकतालाई चिरफार गरी समाजीक जनचेतना जगाउदै शान्ति,सभ्य सम्वद्ध अनी भयमुक्त समाजको निर्माण गर्नु हाम्रो सिनेमाको प्रमुख लक्ष्य रहेको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले बताए । त्यस्तै चलचित्रकी नायिका शारिका घिमिरेले आफुले अभिनय गरेको चलचित्रहरु भन्दा चलचित्र रकतभोग पृथक रहेको बताउदै उक्त चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताइन् । चलचित्रमा शारिका घिमिरे,शैलेस पौडेल,कृष्णाराज तिवारी,ज्योति सापकोटा,रचना पौडेल,रामचन्द्र लम्साल,रवि खनाल,पोद राज पौडेल आदीको अभिनय रहेको छ । चलचित्रलाई विवी फ्यालले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१