नायिका बिनिता घिमिरेलाई फिल्म बनाउने इच्छा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७१, आईतवार ०९:२९

11085998_10206202305598794_633235273_nनायिका बिनिता घिमिरेलाई फिल्म बनाउने इच्छा चलचित्र ‘हनिमुन’बाट कलाकारिता आरम्भ गरेकी नायिका बिनिता घिमिरेले चलचित्र ‘राहदानी’, ‘मतान’,’वान साइड लभ’ र ‘क्राइम इन लभ’मा मुख्य नायिकाको रुपमा अभिनय गरिसकेकी छिन् । ‘कस्तो टेन्सन’सहित केहि फिल्म रिलिज भए पनि बिनिता क्लिक भने हुन सकेकी छैनन् । यद्दपी उनले हार मानेकी छैनन् । पछिल्लो समय उनले फिल्म बनाउने इच्छा रहेको धारणा ब्यक्त गरेकी छिन् । कार्य शिलसिलाको क्रममा अष्ट्रेलिया रहेकी नायिका बिनिता घिमिरेले टेलिफोन संबादमा छोटो समयको लागि अष्ट्रेलिया आएको बताउदै फिल्म क्षेत्र बात अलग हुन नसक्ने जिकिर गरेकी छिन् । चलचित्र क्षेत्रमा हराउनु भएको त होइन भन्ने जिज्ञासामा उनले संघर्षरत नै रहेको खुलाउदै फिल्म बनाउने योजना रहेको समेत बताएकी छिन् । आकर्षक शारीरिक बनावट र अभिनय क्षमता हुदा हुदै पनि बिनितालाई राम्रा ब्यानर,निर्माता र निर्देशकले चिन्न सकेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१