म जहाँ छु खुल्लम खुल्ला बसेको छु : सुदर्शन गौतम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ चैत्र २०७१, शुक्रबार १०:३२

रेखा थापा मेरो गड फादर

दृस्टी साप्ताहिक, जन आस्था तथा केहि अनलाईनहरुमा मेरो बारेमा आएको समाचार पद्ने मौका पाउदा निकैनै हाँसो आयो । म करोडौ रुपैया लिएर फरार भए रे , भयो त् अब ? यो समाचार संगै कुन पुलिस चौकी मा मेरो केस पर्यो दर्ता नम्बर संगै , र को को संग पैसा लिएर फरार भएको थिए पुरै यर्थाथ कुराहरु लेख्नु भएको भए झनै आभारी हुने थिए। सुदर्शन गौतम मृत्युलाई पनि जितेर आएको मर्द हो, फरार र भागेर हिड्ने लाचार र नामर्द होइन। यदि गल्ति मैले गरेको नै थिए भने पनि , समस्या संग जुद्ने र सामाधान गर्न सक्ने क्षमता भएको मान्छे हु म , भागेर हिड्ने कायर होइन। मलाई निकैनै दया लागेर आयो दृस्टी साप्ताहिक र अरु समाचार पत्रिकाहरु संग जसले यो समाचार साभार गरेर मलाई साथै नायिका रेखा थापालाई सुनियोजित तरिकाले बदनाम गरियो।
sudarshnaतिनै पत्रिकाहरु जसले दिल शोभा दिदि जस्तो मान्छेलाइ त मर्नु न बाच्नुको आरोप लगाएर बेइजत गरियो अब म के भनौ यो बिषयमा। म बिगत ७ वर्ष देखि क्यानाडा बस्छु , क्यानाडा मेरो घर हो। नेपालमा फिल्म हिम्मतवालीको रिलिज पछि म आफ्नो देश फर्किएको हो र अहिले आफ्नु ब्यापार ब्याबसायको शिलशिलामामा अमेरिका छु केहि महिना देखि। म जहाँ छु खुल्म खुल्ला बसेको छु यो कुरा सबैलाई थाहा छ, फेरी म कसरि फरार भए ? अर्को कुरा मेरो आगामी चलचित्र ‘सुपर हिरो’को सुटिंगको लागि म नेपाल आउदै छु २ महिना पछि,फरार व्यक्ति के फेरी सुटिंगको लागी नेपाल जान सक्छ त ? म तपाईहरुको पत्रकारिता देखेर तिन छक्क परेको छु। जे मन लाग्यो त्यो कुरा लेख्नु त राम्रो भएन नि ? म सानै थिए, नाईका श्रीषा कार्कीले झुन्डिएर आत्महत्या गर्नु भएको समाचार सुन्दा आज त्यो दिन मलाई याद आयो , मान्छेको ज्यान मार्ने यो सजिलो उपाय रहेछ भ्रामक समाचार पनि । यो मान्छे मारेको भन्दा ठुलो अपराध हो बिना प्रमाण झुटो समाचार लेखेर मान्छे लाई दोषी बनाउनु। देशमा कानुन छ , पुलिस , प्रशासन छन् , पत्रिकाको काम दोषी प्रमाणित भएपछि मात्र समाचार बनाउनु हो । तपाई त् कानुन भन्दा माथि हुनु भयो पत्रकार ज्यु। तर यि कुराहरु भन्दै गर्दा यो नसोच्नु कि म डराए , म श्रीषा कार्की जस्तो कमजोर मान्छे होइन। मैले गल्ति गरेको छु भने सजाए भोग्न पनि र होइन भने लड्न पनि तयार मर्द हु।
रेखा थापा र मेरो प्रसंग।
नायिका रेखा थापा यस्ती रे उस्ती रे भनेर चरित्र हत्या गर्ने समाचारहरु पत्र पत्रिका मा मैले बिगत ८,९ वर्ष देखि पददै आएको थिए र मैले रेखालाई यि कुराहरु के हो भनेर सोध्दा उनि जबाफ दिन्थिन कि ,यो देशमा रेखा थापा , गिरिजा कोइराला र प्रचण्डको कुरा नकाटी लेखेको समाचार पनि बिक्छ र भनेर । रेखा यस्तो गलत समाचारको कुरा पनि सुन्न चाहादिन थिइन,कारण थियो कि प्रत्यक मान्छेको आशा रेखा थापाले पुरा गर्न सक्दैन थिइन् जब मानिसका आशाहरु निराशा मा बदलिन्थे तब तिनै मानिसहरु रेखा थापाका बर्गीय सत्रुको रुप धारण गर्थे। आज को यो समाचार पनि त्यसको नै यौटा नमुना हो। मेरो काम र नाम जोडेर रेखा थापा लाई बदनाम गराउन खोज्नु यो कतै को पनि न्याय पूर्ण काम होइन। र यदि मैले गल्ति गरेको रहेछु नै भने पनि रेखा थापा को नाम नजोडी तपाईहरु को समाचार बिक्दैन थियो र ? बारम्बार रेखा थापाले सुदर्शन गौतम लाई यूज गरिन रे , मिस युज गरिन रे , पैसा खाइन रे , यस्तो रे उस्तो रे, सुदर्शनले हिम्मतवालीमा पैसा लगानी गरे रे ? के हो के यो सबै ? लाग्छ यो देशमा त् रेखा बाहेक अरु कोहि फिल्म नै बनाउदैनन , अरु कलाकार नै छैनन्। सिधा मेरो कुरा के हो भने , रेखा थापा मेरो गद मदर र फादर हुन्। नेपाली चलचित्र क्षेत्रमा नयाँ प्रयोगको रुपमा मलाई नयाँ परिचय दिलाउने नयाँ सोच र विचार बोकेकी र नेपाल राष्ट्रलाई बहुत माया गर्ने नेपाली नारि हुन्। सुदर्शन गौतमको रेखा थापा प्रति यो सास रहन्जेल सम्म सम्मान र आदर रहने छ। हो हामी एक अर्कालाई माया गर्थौ , गर्छौ र मर्ने दिन सम्म पनि गरि रहन्छौ। हामी असल साथि हौ। साथी मात्र नभएर एउटा परिवारको सदस्य पनि हो म। २ दिन नबोल्दा र फेसबुकमा कमेन्ट मैले नगर्दा रेखा थापा संग मेरो समन्ध बिग्रिएको हुदैन। रेखा थापाको बिबाह समारोहमा मात्र होइन कि मेरो उपस्थिति उनिको बच्चाहरुको बिबाहमा सम्म पनि सामिल हुने सम्बन्ध हो यो। सानो तिनो हावा हुरीले यो सम्बन्ध बिर्गान सक्दैन।
अर्को कुरा चलचित्र हिम्मतवालीमा मेरो लगानी छैन। मेरो पैसा रेखाले खाने होइन बरु हिसाब गर्ने हो भने बरु राष्ट्रियस्तरको पत्रिकामा कलाकारहरुको यस्तो झुटो र हावा समाचार लेखिनु राम्रो होइन।
जति पनि पत्रकार साथिहरु जसले मलाई विश्वास गरेर यो समाचार साभार गर्न जरुरि ठान्नु भएन म उहाँँहरु प्रति धेरै नै आभारी छु र तपाईहरुको बिस्वाशमा कमि आउन पनि दिने छैन , जो जसले जानी नजानी सुनेको भरमा समाचार बनाउनुभयो निकैनै दुख लागेको छ,उहाँहरु प्रति।
धन्यबाद ।।।।।।।।।।।।।।

सुदर्शन गौतम
texas , अमेरिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१