महिलाको यौन जीवनका प्रमुख २ दुश्मन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ फाल्गुन २०७१, बुधबार ११:११

एजेन्सी । यदि तपाइँले आफ्नो जीवनमा यौन इच्छा घट्दै गएको अनुभव गर्नु भएको छ भने यसबारे नयाँ तथ्य बाहिर आएको छ । डेलीमेलमा प्रकाशित शोध अनुसार महिलाहरुले आफ्नो जीवनमा यौन सम्बन्ध बरबाद गर्ने प्रमुख कारण ल्यापटप र स्मार्ट फोनलाई मान्छन् । बर्मिङ्घम विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक शोधले ७० प्रतिशत भन्दा बढी महिला आफ्नो यौन जीवनमा ल्यापटप र स्मार्टफोनले सबै भन्दा बढी असर गरिरहेको बताएको उल्लेख छ । स्मार्टफोनमा भुल्ने बानीले यौन जीवनको रस हराउँदै गएको उनीहरुको भनाइ छ । कतिपय महिलाले ल्यापटप र स्मार्ट फोनकै कारण सम्बन्ध धरापमा परिरहेको समेत बताएका छन् ।

sexफेसबुकबाट साथीहरुसँग च्याट गर्ने बानीले परिवारमा झगडा हुने गरेको पनि शोधले देखाएको छ । जोडीहरु ओच्छ्यानमा पुगेपछि पनि स्मार्ट फोन या ल्यापटपमा ब्यस्त हुने भएकाले सम्बन्धहरु धरापमा पर्दै गएको शोधमा सहभागी महिलाहरुले बताएका थिए । शोधमा १ सय ४३ जना महिलाको यौन र जीवनका अन्य पाटोमा टिभी, कम्प्युटर र स्मार्टफोन जस्ता उपकरणले पारेको प्रभावबारे अध्यन गरिएको थियो ।

यो शोध साइकोलोजी अफ पपुलर मीडिया कल्चर नामक जर्नलमा प्रकाशित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१