विवाहपूर्व सेक्स गर्नुका ५ फाइदा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार ११:४२

अक्सर यो विषयमा चर्चा र विवाद रहन्छ, विवाहभन्दा पहिले सेक्स गर्नु ठीक हो कि बेठीक ? विभिन्न कोणबाट विचार गर्दा अलग-अलग धारणा बन्न सक्छन् । केहीले नराम्रो भन्न सक्छन्, केहीले फरक विचार हुन सक्छ । तर, विवाहभन्दा पहिले सेक्स गर्दा विभिन्न फाइदाहरु हुन्छन् । विवाहभन्दा पहिले सेक्स गर्दा प्राप्त हुने ५ फाइदा :

उत्सुकताको निवारणः
जब केही चीज सही समयमा गरिन्छ, त्यसको मज्जा नै अलग हुन्छ । यदि सेक्स विवाहभन्दा पहिले गर्नुहुन्छ भने यसले तपाईंको रोमाञ्चकता र उत्सुकतालाई पनि अत्याधिक मात्रामा बढाइदिनेछ । यसले रोमाञ्चकताको टापुमा खेलिरहेको तपाईंको मनलाई आरामको समुन्द्रमा विर्सजित गर्नेछ । सेक्सबारे दिमागमा चक्कर काटिरहने उत्सुकताहरुबाट आराम मिल्नेछ । तपाई आफूलाई काबुमा राख्न सक्नुहुन्छ । र, विवाहपूर्वको सेक्सको मज्जा नै अर्को महसुस गर्नुहुनेछ ।

सम्बन्ध मजबुत हुन्छ :
तपाईं आफ्नी प्रेमिकासँग डेट गरिरहनु भएको छ । तपाईलाई प्रेमिकासँगको सम्बन्ध राम्रो बनाउन केही तालमेल र समझदारीमा अपुग लागिरहेको छ भने त्यो हो सेक्स । त्यतिबेला तपाईं सेक्स गर्ने बारेमा सोच्नुहुन्छ । सम्बन्धलाई गाढा बनाउन सेक्स लाभकारी सावित हुन्छ । तपाई आफ्नो जिन्दगीको महत्व जानेर सुखसँग रमाउन थाल्नुहुन्छ । यसले विवाहपूर्व प्रेमिकासँगका सबै सीमाहरु मेटाइदिने भएकाले सेक्सले सम्बन्धलाई थप बलियो र परिपक्व बनाउँछ ।

sexविवाह अर्थ बुझिन्छ :
मानिसहरुमा विवाहपछिको यौन सम्बन्धलाई लिएर विभिन्न विचारहरु आउँछन । मनमा केही डर रहन्छ । विवाहपछि परिपक्व सेक्स कसरी गर्ने ? श्रीमतीको शारिरीक आवश्यकता र चाहनाको कसरी पूरा गर्ने ? श्रीमानको आवश्यकता कसरी पूरा गर्ने ? परिपक्व व्यवहार कसरी प्रस्तुत गर्ने ? आदि । विवाहभन्दा पहिले नै सेक्स गर्ने मानिस यी सबै चिन्ताहरुबाट मुक्त हुन्छन । उनीहरु विवाहपछि आफ्नो पार्टनरलाई कसरी बुझ्ने भनेर चिन्तित हुँदैंनन । किनभने, सेक्सले एक अर्कालाई एकदमै निकट ल्याउछ । ताकि उनीहरुबीच एकअर्काका विषयमा जान्न केही बाँकी रहदैंन ।
उनीहरु जिन्दगीलाई विवाहपछि झन आनन्ददायक बनाउँछन । त्यसका लागि प्रयास गर्छन । उनीहरुबीच झन गाढा समझादारी बन्छ ।

खुशी रहन सघाउँछ :
सेक्स शारिरीक आवश्यकता मात्र होइन्, त्यो भन्दा बढी मानसिक आवश्यकता हो । सेक्सले मानसिक आवश्यकतालाई पूर्ति गर्दछ । जिन्दगीको भागदौडमा केही समयको आनन्द पाएर तपाईं चेहेरामा खुशीहरु उडन सक्छन् । तपाई एकदमै ताजा र फिट महसुस गर्न सक्नुहुन्छ । सेक्सले व्यवसायिक र घरपरिवारका तनावलाई एकदम चाडै टाढा गर्न सहयोग गर्दछ ।

अनावश्यक विचार आउँदैनन् :
कहिलेकाही देखिन्छ, जो सेक्स गर्न डराउछन वा विवाहपछिसम्मका लागि यौन सम्बन्धलाई धकेल्छन् । उनीहरु भित्री रुपमा उत्तेजक विचारले भरिएका हुन्छन । तर, बाहिर प्रकट गर्दैनन । उनीहरु दिमागमा खिचडी पाकिरहेको हुन्छ । सेक्सका विषयमा अनेकथरि भारीहरु लिएर हिड्छन । तर, यसको तुलनामा जो मानिस निर्धक्कसँग सेक्सको आनन्द लिन्छन्, उनी मस्त रहन्छन । उनीहरु मन लगाएर अफिसमा काम गर्छन । घरमा पनि राम्रो व्यवहार प्रदर्शन गर्छन । सधैं हाँसी खुशी र तनाव रहित देखिन्छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१