पक्राउ पर्नवाट जोगिईन् दीपिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार ०६:२३

मुम्बई । मुम्बई उच्च न्यायालयले अभिनेत्री दीपिका पादुकोणलाई पक्राउ पर्नवाट जोगाएको छ । विवादास्पद टेलिभिजन सो एआईबी रोस्टमा सहभागी भएको भन्दै नगर प्रहरीले दीपिकासहित केही कलाकारलाई पक्राउ गर्न माग गर्दै उजुरी दर्ता गराएको थियो ।

आफूलाई पक्राउ गर्न उजुरी दिएको जानकारी पाएपछि दीपिकाले आफ्नो बचाउ गर्दै निवेदन दिएकी थिईन् । न्यायाधीश रन्जीत मोरे र अनुजा प्रभुदेसाईले सो मा सहभागीलाई पक्राउ गर्नु नपर्ने निर्णय गरेपछि दीपिकालाई राहत मिलेको हो ।

न्यायलयले १६ मार्चसम्म गिरफ्तार नगर्न आदेश दिएको छ ।
१६ मार्चमा उक्त कार्यक्रम वारेमा अन्तिम सुनुवाई हुने भएको छ । यसअघि अदालतले करण जोहर, रणबीर सिंह लगायतलाई सफाई दिईसकेको छ ।

केही महिनाअघि मुम्बईमा भएको एआईबी रोस्ट कार्यक्रममा अश्लील भाषा बोलेको भन्दै कार्यक्रम बिबादमा परेको थियो । बिबादपछि कार्यक्रम यूट्युबबाट हटाइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१