ललितपुरमा पनि स्वाइन फ्लुबाट एकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ फाल्गुन २०७१, आईतवार ०६:१७

download (1)ललितपुर ,२४ फागुन । स्वाइन फ्लु संक्रमणबाट राजधानीको मोडेल अस्पतालमा एक महिलाको मृत्यु भएको एक साता नबित्दै ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलजेमा पनि स्वाइन फ्लुबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

किस्ट अस्पतालका अनुसार ती व्यक्तिमा धेरै छिटो निमोनियाको लक्षण विकसित भएर एन्टिबायोटिक उपयोग गरिएपनि संक्रमण नियन्त्रण गर्न नसकिएपछि मृत्यु भएको हो ।
किष्टका निर्देशक डाक्टर ऋषिकेशनारायण श्रेष्ठले अत्यन्त तीव्र गतिले विकसित भएको निमोनियाले ती व्यक्तिको मृत्यु भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१