होलीः यसरी गर्नुहोस् आफ्नो छालाको सुरक्षा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १३:०५

तपाईंहरु मध्ये धेरैलाई होली खेल्न मन लाग्ला तर छालाको संवेदनशीलताका कारण होलीमा खेलिने रङहरुबाट टाढा हुनु परिरहेको छ भने यहाँ हामी तपाईंलाई यसबाट सुरक्षित हुने तरिकाबारे जानकारी दिँदै छौँ । होलीको अवसरमा भारतको मेडलिक्स क्लिनिकका वरिष्ठ छाला विशेषज्ञ पंकज चर्तुर्वेदीले संवेदनशील छाला भएकाहरुलाई केहि सुझावा दिएका छन् ।
holi 3– छालालाई घाम र पानीबाट बचाउनका लागि वाटरप्रुफ सनस्क्रिन लगाउनुहोस् ।
– हानिकारक रसायनयुक्त रङको प्रयोग नगर्नुहोस् । सकेसम्म प्राकृतिक रङको मात्र प्रयोग गर्नुहोस् ।
– शरिर भरि राम्रो मोइस्चुराइजर अथवा तेल लगाउनुहोस् । यसो गर्नाले छालमा लागेको रङ सजिलै पुछ्न सकिन्छ ।
– यदि रङ लगाउँदा शरिरमा कुनै प्रकारको चिडचिडापन भएमा तुरुन्त चिसो पानीले धुनुहोस् । त्यसपछि राम्रोसँग पुछ्नुहोस् र आरामदायी लोसन लगाउनुहोस् । फेसवासको प्रयोग केहि दिनको लागि बन्द गर्नुहोस् ।
– यदि होलीको रङ राम्रोसँग नगएमा अनुहारलाई पटक–पटक नरगड्नुहोस् । यसो गर्नाले छाला सुख्खा हुने गर्दछ र घाउ पनि हुनसक्दछ ।
– मुल्तानी माटो अथवा चन्दन पाउडरले होलीको रङलाई निकाल्नको लागि सहयोग गर्दछ ।
– दुध र बेसार मिसाएर पेष्ट बनाउनुहोस् र लगाउनुहोस् । यसले अनुहारको संवेदनशील छालाबाट रङ निकाल्न मद्दत गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१