आजबाट बास्तविक कथासगँ डरलाग्दो झिग्राना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार १२:२९

आज शुक्रबार विशेषत् तराई क्षेत्रमा होली मनाइरहदा तीन नेपाली फिल्मले प्रदर्शनको आरम्भ गरेका छन् । होली लक्षित यी तीन फिल्म मध्ये सबैभन्दा पहिले कुरा गरौ फिल्म ‘पुनर्जन्म’ को ।

सजन श्रेष्ठ निर्देशित ‘पुनर्जन्म’ फिल्म नेपालको सशस्त्र द्धन्द्धकालमा तत्कालीन शाही सेनाका एक जवानको मृत्य भएको ठानेर क्रियाकर्म गरिसकेपछि पुनः घर फर्किदाका सामाजिक र साँस्कृतिक प्रभावका बारेमा तयार पारिएको फिल्म हो । यस अघि विभिन्न फिल्ममा मुख्य सहायक भएर काम गरेका सजनको यो पहिलो फिल्म हो । आर्यन सिग्देल, गजित विष्ट, केकी अधिकारी, सुस्मिता शाही लगायतका कलाकारले यो फिल्ममा अभिनय गरेका छन् ।

threeयस्तै आजैदेखि ऐतिहासिक फिल्म ‘भीमदत्त’ पनि प्रदर्शनमा आएको छ । किसान आन्दोलनका अगुवा नेता भीमदत्त पन्तको जीवनीमा आधारित यो फिल्मलाई अ‍ेमरिकामा चलचित्र विषय अध्ययन गरी आएका हिमग्याप लामा टासीले निर्देशन गरेका छन् । ‘भीमदत्त’ को भूमिकामा भने चलचित्रका नायक तथा निर्माता नवल खड्का प्रस्तुत भएका छन् । रेमश बुढाथोकी, नवल खड्का, सुमिना घिमिरे, निशा अधिकारी, श्रीराम पुडासैनी अभिनित फिल्मले नेपालको डडेलधुरा क्षेत्रको एक कालखण्डको इतिहासलाई पर्दामा उतारेको छ ।

उता अलि अनौठो नाम लाग्ने ‘झिग्राना’ नामक फिल्म पनि दर्शक समक्ष आएको छ । थ्रिलर फिल्म ‘झिग्राना’ लाई नवनिर्देशक पासाङ लामाले निर्देशन गरेका हुन् । अफिसियल कामले नेपालको कुना कन्दरामा पुग्ने आधा दर्जन युवामध्ये एकको हत्या भएपछि त्यसको खोजीको नाउँमा मच्चिने आतंकका बारेमा फिल्म बनेको छ । फिल्ममा हाना गेचवस्की, निकुन श्रेष्ठ, मेनुका प्रधान लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१