छवि र रेखाको छुट्टाछुट्टै होली, आर्यन भने दुबैतिर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७१, शुक्रबार ०७:१०

छवि र रेखाको छुट्टाछुट्टै होली, आर्यन भने दुबैतिर(फोटो फिचरसहित) नेपालीहरुको महान् पर्व फागुपूर्णिमा अर्थात होलीको अवसर पारेर नेपाली चलचित्रका कलाकारले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसपटक नायिका करिश्मा मानन्धर वीरगञ्जमा रहेकाले होलीमा सबै कलाकारहरु एकत्रित हुनुको सट्टा बाँडिएको देखियो ।

 यो पटक निर्देशक तथा कलाकार आकाश अधिकारीले आफ्नै रेड स्टूडियोमा होलीको आयोजना गरे । नायिका रेखा थापा, निर्देशक सविर श्रेष्ठ र आकाश मिलेर रेडमा रमाइलो गरे । उक्त अवसरमा नेपाली चलचित्रका कलाकार तथा प्राविधीक रेड स्टूडियो पुगेका थिए ।
 नायिकाहरु प्रियंका कार्की, केकी अधिकारी, पूजा शर्मा रेड स्टूडियोमा देखिए। यस्तै, नायक आर्यन सिग्देल, सुदर्शन थापा, हसन खान पनि रेडमा पुगेका थिए । यस्तै, निर्माता छविराज ओझाले पनि आफ्नै कार्यालय ‘नमस्ते नेपाल’मा होली पर्वको आयोजना गरेका थिए । चलचित्र पत्रकार तथा कलाकारलाई निम्त्याइएको होली पर्व रमाइलो देखियो । नायक आर्यन सिग्देल, सविन श्रेष्ठ, कलाकार सुदर्शन थापा, हसन खान छविको होलीमा पुगेका थिए ।
यस्तै, निर्देशकहरु श्याम भट्टराई, नवल नेपाल, ऋषि लामिछाने, दीपक श्रेष्ठ पनि छविको होली निम्तो मान्न पुगेका थिए । छविले सबैसँग मिलेर होली मनाउन पाउँदा खुशी लागेको बताए । छविको होलीमा पुरुष चलचित्रकर्मीको बाहुल्यता ज्यादा देखियो ।
छविले यसपटक महिला कलाकाररुलाई निमन्त्रणा नगरेको बताए । होली पर्व प्रदर्शनमा आउन लागेका चलचित्रका कलाकार र निर्माताका लागि प्रचारको राम्रो मौका पनि भएको छ । विभिन्न सञ्चारमाध्यमले आयोजना गरेका होली कार्यक्रममा चलचित्रकर्मीले आफ्नो चलचित्रको प्रचार गजबैले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१