प्रवास बाटै पनि ३ वटा गीत रेकट गराउन सफल गायक अमर राई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ फाल्गुन २०७१, बिहीबार ११:५८

– प्रदिप राई
गीत संगीतको दुनियामा हामी मानवजातीको प्रमुख मनोरन्जनको स्रोत नै गीत र संगीत हो । यी दुवैको एक आपसमा बलियो सम्बन्ध रहेको पाइन्छ । गीत संगीतमा रमेरनै यो पृथ्वीमा रहने मानवजाती आपसमा जीवनका सुख दुखका पीडाहरुलाई भुलेकाछौ भन्दा दुइ मत नहोला । यो दुनियको गीत संगीतको सागरमा चुरर्लुम डुबेर डुबुल्की खेल्दै पौडेर जीवन तरिरहेका नवदित गायक अमर राई । नेपाली संगीतक्षेत्रमा नव गायक राई कुनै नौलो नाम होइन । राईका बारेमा थोरै धेरै जती भएपनी गायन क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ ।
unnamedनव गायक भोजपुर जील्ला जरायोटार गा। बि। स। वडा नम्बर ( १ मा बाबा पदम राई र माता हेमन्त कुमारी राईको कोखबाट बि। स। २०४७ साल असार १५ गते जन्मीएका कान्छा छोरा अमर राई संगीतको दुनियामा निकै अगाडी अग्रसर रहेको पाइएको छ । नेपालको राजनितिक अवस्थाले पारेको असरहरु मध्यको १० वर्षे जनयुद्धको समयमा देशको विशम परिस्थीतीले कलिलै उमेरमा प्रवाशीएका राई बिगत ८ बर्षदेखी मलेसियामा सङ्र्घषरत छन् । आशा तिम्रो तिम्रो, प्रिया प्रिया, बोल्दईनौकी जस्तो, रमेश बानिया अनुराग श्रेष्ठ मनिपाल राईका शव्द रहेका गीतहरुमा निम संगीत, सुमन राई मनिपाल राई लगायतले संगीत भरी दिनु भएका ३ वटा गीत अहिले सुन्न सकिन्छ । अहिले मलेसियादेखीनै ३ वटा गीतहरु रेकड भएको छन । सानै उमेरमा ठूलो उपलब्धी हातपार्न सफल राई सानैदेखी गीत संगीत रुचि राख्ने गर्दथे । अब चाडै एल्बमको तयारी भई रहेको जस्मा ५ वटा गीत समाबेश गराइने र तीन वटा गीतको काम सकिएको अब २ वटा गीत तयारी हुन साथ एल्बम बजार मा ल्याउने बताउनु हुन्छ राई
मलेसियामा रहुनजेल सम्म पनि यो यात्रा नछोड्ने गायनको क्षेत्रलाई अगाडीनै बढाइरहने तथा अव नेपाल गएपछी संगीतलाईनै निरन्तरता दिने राई बताउछन् । संगीतलाई मायागरेर घरभित्र नै भित्राउने जोश र जागर बोकेर मलेसियामा सङ्र्घषरत गरिरहेका राईको लक्ष्य र उद्देश्य सफल रहोस् सफलताको कामना ब्याक्त गर्दछौ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१