हाम्रो सुहागरात बेदनामय भयो : स्वेता खड्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:५७

बिहेको अघिल्लो दिन ज्वरोले उहाँ (श्रीकृष्ण श्रेष्ठ) ओछ्यानबाट उठ्न सक्नुभएको थिएन। भोलिपल्ट बिहेभरि जग्गेमा बस्दा उहाँलाई कम्ती गाह्रो भएन होला। हाम्रो सुहागरात बेदनामय भयो। उहाँलाई व्यथाले चापेपछि म र परिवारले रातभरि उहाँलाई रुँगेर बस्यौँ।

उहाँले हामी उपचारका लागि भारत जान लागेको कुरा गोप्य राख्न चाहनु भएको थियो। मिडियासित हनिमुनका लागि जान लागेको भनिदिनुभयो। बिहेलगत्तै उपचार गर्न जाँदा नानाथरी कुरा हुन्छन् भनेर चिन्तित हुनुहुन्थ्यो। अस्पतालमा भर्ना गर्दा पनि हामीले पहिचान खुलाएनौँ। उहाँलाई अर्कै नाममा भर्ना गरेका थियौँ।
sweetaआफ्नो पीडा लुकाउन म हरसम्भव प्रयास गर्थे। वार्डभित्र पस्दा मुखमा माक्स लगाउँथे। तर बेला बेलामा असह्य हुन्थ्यो। बेस्सरी रुन चिच्याउन मन लाग्थ्यो। भक्कानो फुट्न खोजेपछि मुख छोपेर बाहिर निस्किन्थेँ र मैदानमा गएर पागलजसरी चिच्याउँथेँ।
उहाँले छोडेपछि चार महिना त मैले मरेतुल्य भएर बिताएँ। मलाई दिन र रातको समेत भेद भएन। थला परेको बिरामीलाई जसरी अरुले स्याहारेर राखे। दुई महिना डिप्रेसनको औषधि खानुपर्यो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१