स्वाईन फ्लु रोकथामका लागी हेल्पडेक्स भएन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ फाल्गुन २०७१, मंगलवार १०:३३

प्रविण टिबडेवाल

रौतहट,१९ फाल्गुन । भारतमा महामारीको रुप लिएको एचवन एनवन स्वाइन फ्लूको खतरा नेपालमा पनि बढी रहेको बेला भारतको बिहार राज्य सँग सिमा जोडिएको रौतहटमा भने अझै उक्त रोग संग जोगिन सर्तकता अपनाइएको छैन् ।
हिन्दुहरुको महानपर्व होली नजिकिदै जाँदा रोजगारीका लागी भारत गएका नेपालीहरु धमाधम घर फर्किने क्रम बढेको छ । तर महामारी फैलीएको देश भारत बाट फर्किदै गरेकाहरु लाई निगरानी गर्न वा स्वास्थ्य जाँचका लागी भारत संग सिमा जोडिएको रौतहटको मुख्य नाका गौरमा अझै पनि हेल्थ डेस्क राखिएको छैन ।

swineरौतहट बाट भारत तर्फ जाने प्रमुख नाकाको रुपमा रहेको गौरमा दैनिक हजारौंको सँख्यामा भारतीय र नेपालीहरुको आवतजावत हुने गरेको छ । नेपालमा पनि स्वाइन फ्लुका कारण एक महिलाको मृत्यु भए पछि अहिले भारत सँग सिमा जोडिएका नाकाहरुमा सुरक्षा सर्तकता अपनाउन अत्यन्त आवस्यक रहेको भएतापनि अहिले सम्म जिल्ला अस्पताल रौतहटले कुनै व्यवस्था नगरेको स्थानियहरुले गुनासो गरेका छन् ।
यता सिमा क्षेत्रमा हेल्थ डेस्क सँचालनका लागी रणनिती तयार भईसकेको र छिटै हेल्थ डेस्क सँचालनमा आउने जिल्ला अस्पताल गौरले जनाएको छ । सिमा नाका बाट कुनै पनि बेला यो रोगका बिरामी सजिलै ओहरदोहर गर्न सक्ने भएकोले हेल्थ डेस्क राख्न जरुरी भएपनि अस्पताल अझै ढिलासुस्ती गर्दै मौन बसेको छ । शुरुमा रुघाखोकी र ज्वरो लाग्ने भएकोले यसलाई सामान्य ठानेर उपचारका लागी स्वास्थ्य केन्द्र नजाने चलनले पनि यो रोगले रौतहटमा महामारी को रुप लिन सक्ने सम्भावना बढी रहेको जानकारहरुको अनुमान रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१