रौतहटका निजी विधालयलाई स्वाईन फ्लू सम्बन्धि प्रशिक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार १६:२८

प्रविण टिबडेवाल
रौतहट,१८ फाल्गुन । सिमावर्ती मुलक भारतमा महामारीको रुप देखा परेको एच वन एन वन स्वाइन फ्लूको जोखिम नेपालमा पनि बढी रहेको बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याबसनले चिकित्सक तथा विद्यार्थीहरु बिच सो रोग सम्बन्धि अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय समुदायलाई जागरुक बनाउने तथा विद्यालयमा पनि सर्तकता अपनाउने उदेश्यका साथ प्याबसन अन्तर्गत गौरमा रहेका १६ विद्यालयका झण्डै ६० जना प्रतिनिधि विद्यार्थी र शिक्षकहरुलाई स्वाइन फ्लू का बारेमा जानकारी प्रदान गरीएको छ ।

swine fluजिल्ला अस्पताल गौरमा आयोजित कार्यक्रममा निजी स्कूलका विद्यार्थीहरुलाई डा. सुभाष चौधरी, डा. ईम्तीयाज आलम र डा. मनोज कौशलले स्वाईन फ्लूका लक्षण बाट बच्ने तरीका र अपनाउनु पर्ने सावधानीका विषयमा जानकारी दिएका थिए । स्वाईन फ्लूको त्राश बढी रहेका बेला सचेत रहन र विद्यालयलाई थप सुरक्षित बनाउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको प्याबसनले जनाएको छ । कार्यक्रममा प्रशिक्षण पाएका विद्यार्थी तथा शिक्षकहरुलाई आफ्नो विद्यालय र समुदायमा पनि यस रोगको बारेमा अरुलाई जानकारी दिन प्याबसनका सचिव गौतम श्रेष्ठले आग्रह गरेका थिए ।

“हाम्रा विद्यालयका विद्यार्थीहरुले स्वाइन फ्लू सम्बन्धी सचेतनाका कार्यक्रम समुदाय सम्म पनि गर्ने छन ।” सचिव श्रेष्ठ ले भने “प्याबसन अन्तर्गत गौरमा रहेका प्रत्येक विद्यालयका ४ विद्यार्थी र एक शिक्षकलाई आज चिकित्सकहरुले प्रशिक्षण दिएका छन ।” सहभागी विद्यार्थीहरुलाई रोगका बारेमा जानकारी मूलक सामाग्री पनि वितरण गरिएको छ ।
भारतमा यस रोगका कारण झण्डै आठ सयको ज्यान गइसकेको छ भने दश हजार भन्दा बढी सँक्रमित रहेका छन । नेपालमा पनि स्वाईन फ्लूका बिरामी बढी रहेका बेला प्याबसनले जिल्ला स्वास्थय कार्यालयको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरेको हो । विद्यालयमा विभिन्न समुदायका विद्याथीहरु आउने र बढी भिडभाड हुने भएकोले विद्यालय पनि स्वाइन फ्लूको जोखिममा रहेको क्षेत्र हो । प्रशिक्षण लिएका विद्यार्थीहरुले आजै बाट आ–आफ्ना विद्यालयमा सचेतना कक्षाहरु सँचालन गर्ने छन । साथै स्वास्थ्य सर्तकता अपनाउदै विद्यार्थीहरुलाई मास्क प्रयोग गर्न र अनिवार्य रुपमा सबै विद्यालयहरुमा साबुन पानीको व्यवस्था मिलाउन प्याबसनले अनुरोध गरको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१