कोरियामा शिशिर, इन्दिरा र गिरिशले तताए स्टेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ फाल्गुन २०७१, सोमबार १४:४८

टबकम र सेभ नेपाल फुटबलको आयोजनामा दक्षिण कोरियामा आयोजित विन्टर ब्लास्टमा धमाकेदार प्रस्तुती दिएर कलाकारहरुको टिम नेपाल फर्किएको छ । कोरियास्थित दापसिम्नी स्टेसन र न्यु छोन्जी होटलमा आयोजित दर्इ भव्य शोमा र्‍यापर गिरिश खतिवडा, लोकप्रिय गायिका इन्दिरा जोशी, डिजे शिशिर र मिस राजधानी परिना र्राईले प्रस्तुती दिएका थिए । कार्यक्रमको आकर्षाक गायिका इन्दिरा जोशीले उध्रेको चोली, रातो घाघर,रेलिमाई-रेलिमाई आदि लोकप्रिय गीतहरुले स्टेज हल्लाएकी थिइन । यस्तै डिजे शिशिरले नेपाली गीत संगीतलाई फ्युजन गरेर बनाएको डिजेइङ भर्सनमा फ्लोरमा दर्शकलाई पसिना आउन्जेल नचाएका थिए ।

unnamed शिशिरका अनुसार कोरियामा नेपालबाट डिजे लगेर आयोजना गरिएको पहिलो टुर थियो । प्रवासी भुमीमा डान्स बीटको नेपाली संगीतमा रम्न पाउदा दर्शकहरु उत्तिकै खुशी थिए । यसपटकको कार्यक्रम फरक स्वादको भएको दर्शकहरुको प्रतिक्रिया थियोु गायिका जोशीले भनिन् गायिका, डिजे, र्‍यापर र नृत्यागंनाको संगम भएकाले दर्शकहरुले भरपुर मनोरन्जन लिनुभयो । र्‍यापर एवं डिजे समेत रहेका गिरिश खतिवडाको प्रस्तुतीले झनैं तहल्का मच्चायो । कमब्याकको क्रममा गिरिशले हललाई नै आफुमा आकषिर्त गर्दै स्टेज पर्फ दिएका थिए । यस्तै परिनाले माइतिघर लगायतका नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१