नयाँ परियोजनाको उद्घाटन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १२:३२

सन्दिप कुमार बैश्य

बर्दिया,२३ माघ । बर्दियामा एक गैरसरकारी संस्थाले बिहीबार देखि लागु हुने गरि ३ वर्षको लागि नयाँ परियोजना संचालन गर्ने भएको छ । उक्त गैरसरकारी संस्था कमैया महिला जागरण समाज नेपालले एक औपचारिक कार्यक्रमको आयोजना download (1)गरेर कार्यक्रमा प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी नरहरि बराल र विशिस्ट अथितीको रुपमा जि.बि.स कि कार्यक्रम अधिकृत पार्वती पण्डीतले संयुक्त रुपमा पनसमा दिप प्रज्वलन गरि नयाँ परियोजना महिला नेटवर्क परियोजना शुभराम्भ तथा स्थानिय अधिकार कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमा प्रमुख अथिती नरहरि बरालले यो ३ वर्षे महिला शशक्तिकरणको नयाँ परियोजनाले सिमान्तकृत , बिपन्न र गरिब महिलाहरुको हक, अधिकार र दिगोपन उद्देश्य सहितको भएको हुदाँ परियोजना संचालन रहेको नगरपालिका तथा गाबिसका महिलाहरुको आर्थिक लगायत बिभिन्न पक्षको बिकासमा ठुलो टेवा पुग्ने बताउनु भयो । कार्यक्रममा नया परियोजनाको उद्देश्य लगायत बजेटको बारेमा एक्सन एडकी प्रतिनिधी सुनिता तिवारीले संक्षिप्त जानकारी गराएकी थिईन् । कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रतिनिधी तथा सरोकारवाला निकायका प्रतिनिधी हरुको सहभागिता रहेको थियो । सस्थाले संचालन गरिरहेको विपत् ब्यवस्थापन परियोजना र स्थानिया अधिकार कार्यक्रम बारेमा समेत संस्थाका जिल्ला संयोजक दयाराम चौधरीले उक्त परियोजनाको तथा बजेटको बारेमा संक्षिप्त जानकारी गराएका थिए । कार्यक्रमा करिब ७० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता कमैया महिला जागरण समाज नेपालकी कृष्णी थारुले गरेकी थिईन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१