टेलिभिजन पत्रकारहरुलाई तीन दिने तालिम सञ्चालन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १२:२३

बिर्तामोड,२३ माघ । नेपाल पत्रकार महासंघ झापाको शाखाले १२औं बैठकबाट पत्रकारको क्षमता अभिवृद्धिका लागि विभिन्न निर्णय गरेको छ ।

अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा विर्तामोडस्थित महासंघको कार्यालयमा बसेको वैठकले जिल्ला विकास समिति झापाको सहयोगमा झापाका टेलिभिजन पत्रकारहरुका लागि फागुन ९ गते ११ गतेसम्म तीन दिने तालिम बिर्तामोडमा सञ्चालन गर्ने निर्णय गरेको छ । तािलममा महासंघका केन्द्रीय अध्यक्ष डा. jouमहेन्द्र विष्टको नेतृत्वको प्रशिक्षक टिमले प्रशिक्षण प्रदान गर्ने सचिव एकराज गिरीले जानकारी दिए ।
त्यस्तै पत्रकारहरुमा कानुनी विषयको ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले २०७१ फागुन २२ गते विर्तामोड र २३ गते दमकमा ‘आम सञ्चार र कानुन’ विषयक कार्यशाला सञ्चालन गरिने निर्णय गरिएको जनाइएको छ ।
वैठकले महासंघ झापा शाखाका सूचनाहरु अद्यावधिक तथा आधिकारिक रुपमा सम्प्रेषण गर्नका लागि महासंघका सचिव एकराज गिरीलाई सूचना अधिकारी तोकी जिम्मेवारी दिने निर्णय गरेको छ । सूचनाको हकको प्रभावकारी कार्यन्वयनमा टेवा पुर्याउन महासंघले पहिलो पटक सूचना अधिकारी तोकेको हो ।
त्यस्तै महिला जनचेतना केन्द्र मेचीनगर–१०ले सञ्चालन गरेको बालअधिकार तथा शान्ति शिक्षा कार्यक्रमको अनुगमन तथा मूल्यांकन समितिमा महासंघको तर्फबाट प्रतिनिधित्व गर्न कोषाध्यक्ष प्रेम आचार्यको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१