१७ सहसचिव सचिवमा बढुवा, को कहाँ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १०:२८

काठमाडौं,२३ माघ । मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले १७ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । यसरी बढुवा हुनेमा टंकमणि शर्मा, श्रीधर सापकोटा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज पुञ्जाली, दिनेश nepal_newssingha_durbar1थपलिया र नवराज भण्डारी छन् । यस्तै ईश्वरीप्रसाद पौडेल, लक्ष्मणप्रसाद मैनाली, शरदराज विष्ट, गजेन्द्र ठाकुर, सुनिलबहादुर मल्ल, रामकुमार आचार्य, विजयकुमार मल्लिक, र्इश्ववर राज श्रेष्ठ, रमेशकुमार शर्मा र राजन खनाल पनि सचिवमा बढुवा भएका छन् । बढुवा समितिले सचिव पदमा बढुवाका लागि यसअघिनै ४२ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

को कहाँ ?
सुरेशप्रकाश आचार्य, शरदराज विष्ट, गजेन्द्रकुमार ठाकुर, लक्ष्मणप्रसाद मैनाली, राजन खनाल, नवराज भण्डारी र श्रीधर सापकोटालाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरिएको छ । यस्तै, विजयकुमार मल्लिक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, दिनेशकुमार थपलिया पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, ईश्वरीप्रसाद पौडेल जल तथा उर्जा आयोग, रमेशकुमार शर्मा राष्ट्रिय सर्तकता केन्द्र, टंकमणि शर्मा सार्वजनिक खरिद अनुगमन कार्यालय र प्रेमकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ ।

यस्तै, खुमराज पुञ्जाली शान्ति तथा पुननिर्माण मन्त्रालय, ईश्वरराज श्रेष्ठ महालेखा परिक्षकको कार्यालय, सुनिलबहादुर मल्ल सञ्चार मन्त्रालयमा पदस्थापन गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१