ठेकेदारको लापरवाहीले काम अलपत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १०:१८

जाजरकोट, २३ माघ । ठेकेदारको लापरवाहिका कारण जाजरकोटमा २ वटा पक्कि पुल निर्माणको काम अलपत्र परेको छ । पुल निर्माणको काम ३ बर्षदेखि अलपत्र परेको हो । जाजरकोट–डोल्पा सडक खण्ड अन्र्तगत होलुखोला सडक पुल र छेडा–थलह सडक खण्ड अन्र्तगत मोर्कखोलाको पुल अलपत्र परेको छ । होलुखोला सडक downloadपुल प्यासिफिक विल्डर्स सुकेधारा काठमाडौं र मोर्कखोला सडक पुल सर्व उद्धार फ्रिन्ड जेभी कोटेश्वर काठमाडौंले लिएका थिए । १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६९ मा ठेक्का सम्झौता भएका पुलको ठेकेदारले समयमै काम नगर्दा अलपत्र परेका हुन् ।

२५/२५ मिटर लम्बाईका पुलको अहिलेसम्म तीस प्रतिशत पनि काम भएको छैन । पुल निर्माण नहुदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । होलुखोला पुलको १ करोड ३९ लाख र मोर्कखोला पुलको १ करोड ४३ लाख रुपैयमा जिविसले ठेक्का लगाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१