काठमाडौं छाडेर गाउँ पसियो : बाबुराम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ माघ २०७१, बिहीबार १३:३०

गोरखा, माघ २२ । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले आफूहरु शक्ति आर्जन गर्नका लागि काठमाडौं छाडेर गाउँ पसेको बताउनुभएको छ । देशमा सत्ता र शक्ति कहिल्यै पनि एक ठाउँमा नहुने भन्दै भट्टराईले अहिले एकीकृत माओवादीसँग दुबै कुरा नभएको बताउनुभयो । त्यसैले नागरिकसँग शक्ति माग्नका लागि आफूहरु गाउँ पसेको उहाँले बताBaburam-Bhattaraiamउनुभयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत कार्यान्वयन गरिने योजनाबारे छलफल गर्न गृहजिल्ला गोरखा आएका भट्टराईले पत्रकार भेटघाटमा भन्नुभयो, ‘हामी सत्तामा त छैनौं, त्यसको मतलव हामीसँग शक्ति पनि छैन भन्ने ठानियो, अब नागरिकसँग शक्ति लिएर काठमाडौं फर्केर देखाउँछौं ।’ सत्ता र शक्ति एक ठाउँमा भयो भने सबै कुरा ठीक हुने उहाँको भनाई छ ।
नागरिकसँग पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गर्न र शक्ति आर्जन गर्नका लागि काठमाडौं छोडेको भएपनि आफूहरुले संविधानसभा बहिष्कार भने नगरेको उहाँले बताउनुभयो । संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले राजनीतिक सहमतिलाई कुल्चेर अघि बढेकाले त्यसको विरोध मात्रै गरेको उहाँको भनाई छ । ‘बिगतका नियमावली, पद्धति, प्रक्रिया तोडेर माघ ११ मा जुन प्रक्रिया अघि बढाइयो, हामीले त्यसको विरोध मात्रै गरेका हौं’ भट्टराईले भन्नुभयो ।
संविधानसभामा उपस्थित भएका ३१ मध्ये १९ दलको विरोध हुँदा हुँदै चालिएको कदमले संविधानसभाको अपहरण गर्न खोजेको र नागरिकको विपक्षमा उभ्याउन खोजेको उहाँको भनाई छ । संविधानसभालाई फेरि ट्रयाकमा नफर्काएसम्म आफुहरु संविधानसभा र संसदीय समितिहरुमा सहभागी नहुने उहाँको भनाई छ । संविधानसभा माघ ११ अघिको अवस्थामा फर्किए आफूहरु आन्दोलन छाडेर काठमाडौं फर्कने उहाँको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१