‘युथ भिजन सन् २०२५’ विषयक युवा छलफल श्रृखला सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १५:४०

सन्दिप कुमार बैश्य
बर्दिया , माघ २१ । जिल्ला युवा संजाल बर्दियाको आयोजना र युवा अभियान बर्दियाको सहयोगमा युथ भिजन सन् २०२५ बिषयक युवा छलफल श्रृखला भाग १० बर्दियाको सदरमुकाम गुलरियामा सम्पन्न भएको छ ।
राष्ट्रिय युवा निती २०६६ कार्यान्वयन नभएको अवस्थामा युवाका मुद्दा स्थापित गर्ने र कार्यान्वयन गराउने खालका निती ल्याउन महत्वपुर्ण भुमिका खेल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका सहभागिहरुले युवाहरुलाई iiiiiब्यावहारीक र प्राबिधिक शिक्षा निती ल्याउनु पर्ने, निती र कानुन नबाझिने खालको हुनु पर्ने, राष्ट्रिय युवा निती २०६६ लाई ५-५ बर्षमा परिमार्जीत गर्नु पर्ने निती रहेको भएपनी यस संग सम्वन्धीत अरु निती समेत परिमार्जन गर्नु पर्ने, राष्ट्रिय युवा निती २०६६ मा उल्लेख भएको उमेर समुह लाई पुर्नबिचार गरी १६–२९ बर्ष उमेर समुहका लाई युवा मान्नु पर्ने लगाएतका बिचार राखेका थिए ।
सो कार्यक्रममा युवा क्लब, बिद्यार्थी, बिद्यार्थी नेता, पत्रकार, बुद्धीजीबी, सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधीहरु गरी जम्मा ४९ जनाका सहभागीता रहेको थियो ।
जिल्ला युवा संजाल बर्दियाका संयोजक केशब टमाटा को सभापतित्वमा सम्पन्न भएको छलफल श्रृखलामा राष्ट्रिय युवा निती २०६६ र युथ भिजन २०२५ को बारेमा अधिबक्ता कमल पाण्डेले सहजीकरण गर्नु भएको थियो ।
युवा संजालका प्रकास उपाध्यायले संचालन गरेको कार्यक्रमको उद्देश्य माथि युवा अभियान बर्दियाका बरिष्ठ जिल्ला कार्यक्रम संयोजक चन्दा चौधरीले प्रकास पार्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१