१८ दलीय मोर्चाले संविधानसभाको भोलीको बैठक बहिस्कार गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १४:०३

काठमाडौं, २१ माघ । एकीकृत नेकपा माओवादी नेतृत्वको १८ दलीय मोर्चाले संविधानसभाको भोलीको बैठक वहिष्कार गर्ने निर्णय गरेको छ । १८ दल सम्मिलित संघीय लोकतान्त्रिक गठबन्धनको बुधबार सिंहदरबारमा बसेको sambidhanबैठकले संविधानसभाको विहिवारको बैठक वहिष्कार गर्ने निर्णय गरेको हो । आफ्नो तिब्र विरोधका वाबजुद गठन गरिएको प्रश्नावली प्रस्ताव समिति खारेज गर्नुको साटो उल्टै दुई तिहाइ वहुमतको प्रक्रियालाई निरन्तरता दिइएका कारण बैठकमा अनुपस्थित हुने निर्णय गरेको गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । बैठकले ओलीको अभिव्यक्तिलाई अराजनीतिक, निराधार र गैरजिम्मेवार भनेर भत्सर्ना गरी परीक्षण पश्चात ओलीको मानसिक स्थिति ठिक रहेको प्रमाणित भए आयोग गठन गरेर १० अर्ब रुपैयाँ मागेको प्रमाणित गर्न सरकारसँग आग्रह गरेको छ । १८ दलीय गठबन्धनले संविधानसभाको बैठक बोलाइएको समय पारेर विहिवार सिंहदरबारमा ३० दलीय मोर्चाको बैठक बोलाएको छ । मोर्चाको बैठकमा घोषित आन्दोलनका कार्यक्रम प्रभावकारी बनाउने विषयमा छलफल हुने गठबन्धनले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१