पर्यटक हराउन थालेपछि पदमार्गमा सूचनामूलक बोर्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १२:३९

म्याग्दी,२१ माघ । जिल्लाको राउन्ड धौलागिरि पदमार्गमा पहिलोपटक पदचिह्नसहितको सूचनामूलक होडिङ बोर्ड स्थापना गरिएको छ ।

123पदमार्गअन्तर्गत दरवाङ, बिम, मराङ र मुदी गाविसको विभिन्न स्थान हुादै धौलागिरि आधार शिविरसम्मको विभिन्न स्थानमा २० वटा सूचनामूलक होडिङबोर्ड स्थापना गरिएको हो । जिविस र समुदायको एक लाख ४२ हजार ६७८ लगानीमा बोर्ड राखिएको दरवाङरधौलागिरि बेसक्याम होडिङ बोर्ड उपभोक्ता समितिका सचिव धनबहादुर पुर्जाले जानकारी दिए । पदमार्गअन्तर्गतको मुख्य चोक र दोबाटोमा पदचिह्नआसपासको स्थानमा रहेका होटल तथा बस्ती र पर्यटकीयस्थलका बारेमा अङ्ग्रेजी भाषामा जानकारी लेखिएको बोर्ड राखिएको छ । उक्त पदमार्गमा यसअघि पदचिह्न र सूचनामूलक बोर्ड नहुँदा पर्यटकले बाटो बिराएर हराउने एवम् दुस्ख पाउने गरेका दरवाङरधौलागिरि बेसक्याम होडिङबोर्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले बताउनुभयो । होडिङ बोर्डले पर्यटकलाई सूचित बनाउने र पर्यटकलाई सुविधा पुगेको छ ।

धेरै स्थानमा बोर्ड स्थापना गर्न आवश्यक भए पनि न्यून बजेटका कारण यस वर्ष सुरुवात मात्र गरिएको र आगामी वर्ष थप ठाउँमा होडिङ बोर्ड राख्न पहल गरिने उपभोक्ता समितिले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१