भ्रष्टाचार, घुसखोरी र अनियमितता रोक्न सदैब तत्पर छु : रमेश खरेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार ११:४०

अमेरिका,२१ माघ । हेम सरिता पाठक एकेडेमीले टेक्सास एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा अमेरिकाको भ्रमणमा रहेका एसएसपी 1423028110_pathak-2रमेश खरेललाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको कार्यक्रममा एकेडेमिका प्रमुख संरक्षक हेमप्रसाद पाठकले भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्न रमेश खरेलले निभाएको भूमिका प्रशंसनीय र उदाहरणीय भएको बताएका थिए । नेपालको मूल समस्या राजनितीक नभएर भ्रष्टाचार, नैतिकता र इमानको भएको उनले बताए । शासक—प्रशासकहरुको मानसिकता र इच्छाशक्तिमा परिवर्तन ल्याउनु पर्ने तथा असलहरुको प्रशंसा र खराबहरुलाई घृणा गर्ने संस्कार र साहस नेपालमा देखिनुपर्ने बिचार ब्यक्त गरे । कार्यक्रममा एसएसपी रमेश खरेलल भ्रष्टाचार, घुसखोरी र अनियमितता रोक्न आफूले सदैब भूमिका खेलेको बताए । उनले विदेशमा आर्जन गरेको पूँजी, सीप, ज्ञान र अनुभव स्वदेशको माटोमा पोख्ने योजना बनाउन पनि आग्रह गरे । नेपालको सामाजिक तथा सांस्कृतिक विकासमा सक्रिय हेम पाठक एकेडेमीले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दै आएको छ । एकेडेमीले हरेक बर्ष सुशासनका लागि बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मानित र पुरस्कृत पनि गर्ने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१