बलात्कारको आरोपमा फरार यादव पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १०:३८

महोत्तरी,२१ माघ । बलात्कार गरी फरार रहेका महोत्तरीको बनौटाका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बनौटा २ का २० बर्षीय जयराम imagesयादव रहेको जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ। यादवले २०७० माघ २ गते जनकपुरबाट उडोद जादै गरेकी पडौल गाविसकी ३५ बर्षीया एक महिलालार्इ पडौल ७ स्थित बगैचामा लगी बलात्कार गरेको आरोप छ।  बलात्कारपछि फरार भएर भारतमा बस्दै आएका यादव घर आएको बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक सौरभ राणाले बताए। पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीमा दिएको किटानी जाहेरीको आधारमा प्रहरीले सो घटनाको अनुसन्धान अघि बढाएको थियो। गाउँमा बसेको पंचायतमा पिडित महिलालाई एक लाख ५० हजार रुपैया दिईने सहमति भएपछि पीडित महिलाले नै आफूलाई कसैले बलात्कार नगरेको भन्दै प्रहरीले विनाकारण आफ्नो चरित्र हत्या गरेको आरोप लगाएकी थिइन्।

घटना पश्चात प्रहरीले महिलाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पुष्टि भएको थियो। तर पीडक जयराम र पीडित पक्षले आपसी सहमतिमा घटनालाई ढाकछोप गर्ने उद्देश्य राखेर प्रहरीले जवर्जस्ती आफ्नो स्वास्थ्य परीक्षण गरेको भन्दै प्रहरीविरुद्ध नै महिलाले जाहेरी दिएकी जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१