भोटेबहाल चोकमा बस दुर्घटना हुदाँ सहचालकको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १२:५२

काठमाडौं, २० माघ । काठमाडौको भोटेवहाल चोकमा यात्रुवहाक वस दुर्घटना हुँदा accidentsएक जनाको मृत्यु भएको छ । कपन–रत्नपार्क रुटमा चल्ने बा.१ ख ९५४१ नम्वरको बस आज विहान सवा ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा वसका सहचालक लमजुङ पुरनकोट स्थायी घर भएका २५ बर्षीय माइला भनिने कुशल गुरुङको मृत्यु भएको हो । उपचारको लागि बीर अस्पताल लैजाँदै गर्दा सहचालक गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परि ९ जना यात्रु घाइते भएका छन् । घाइतेको बीर अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । घाइतेका अनुसार टेकुको गल्लीवाट आउदै गरेको रिक्सालाई बचाउन खोज्दा बस सडकमा पल्टिएको थियो । बस कपनवाट रत्नपार्क हुंदै कालीमाटी तर्फ जाँदै थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१