सुरक्षागार्डको हत्या गरी बैंक तोडफोड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:४१

उदयपुर, माघ २० । नचिनेका मान्छेहरुको समूहले उदयपुरमा रहेको सनराइज बैंकका सुरक्षागार्डको हत्या गरी बैंक तोडफोड गरेका छन् । त्रियुगा नगरपालिका ११ imagesजलजलेमा रहेको उदयपुर सिमेन्ट परिसर भित्र रहेको सनराइज बैंकका सुरक्षागार्ड खेमबहादुर बानियाँको घाँटी रेटेर हत्या भएको हो ।

नचिनेका मान्छेको समूहले त्रियुगा नगरपालिका ८ का बानियाँलाई बैंकको शौचालयमा थुनेर हत्या गरेको प्रहरीले जनाएको छ । बैंक लुट्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिले घटनाको अनुसन्धान भैरहेको र कुकुरको सहयोगमा आक्रमणकारीको खोजी थालिएको प्रहरीले जनाएको छ । बैंकमा कुनै लुटपाट भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१