धकेलाधकेल गर्दा मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७१, आईतवार १२:१५

पाल्पा१८ माघ  । सदरमुकाम तानसेनमा खाल्डामा खसेर एक जनाको मृत्यु भएको छ ।die

मृत्यु हुनेमा तानसेन–३ का निवासी ६० वर्षीय विष्णु पन्थी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनको टुँडिखेल मैदाननजिकै तानसेन नगरपालिकाले आवास निर्माणका लागि खनेको घडेरीको खाल्डामा खसेर उहाँको मृत्यु भएको हो ।

यस्तै सोही खाल्डामा खसेर अर्का ३५ वर्षीय अर्जुन विक घाइते हुनुभएको छ । पन्थी र विकबीच झगडा भएको र एकार्कालाई धकेलाधकेल गर्दा उहाँहरु खाल्डामा खस्नुभएको थियो । पन्थीको उपचारका लागि मिसन लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको थियो भने विकको अहिले उपचार भइरहेको छ । शनिबार साँझ ७ बजेतिर झगडा गरेका उहाँहरु त्यसको केही समयमा खाल्डामा खसेको प्रहरीको भनाइ छ ।

विक विकलाङ्ग हुनुहुन्छ । पन्थीले लामो समयदेखि तानसेनमा लेखापढी गर्दै आउनुभएको थियो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१