सौता–सौता भेट भएपछि………….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ पुष २०७१, सोमबार ०९:४३

rastriya

नवलपरासी, २८ पौष – अविवाहित भन्दै भुक्याएर ५ वटी बिहे गर्ने एक व्यक्ति दुर्घटनामा गम्भिर घाइते भएपछि फन्दामा परेका छन् । उनका २ श्रीमती भने उनको अवस्थाबारे बेखबर छन् ।

वैदेशिक रोजगारको लागि कुवेत र इराक जाने दिव्यपुरी–६ का ३५ वर्षीय प्रेमबहादुर परियार साताअघि मोटरसाइकल दुर्घटनामा परेका थिए । घाइते भएपछि उनका ३ श्रीमती स्याहार्न पुगे । त्यसपछि उनले विदेशबाट फर्केपिच्छे बिहे गर्दै आएको खुलेको हो ।

पाल्पाको मिसन अस्पतालमा उपचारको क्रममा ३ श्रीमतीबीच भेट भयो । प्रेमले बिहे गर्दै माइतीमा छाड्दै गरेका रहेछन् । पहिलोपटक त्यहीं भेट भएका सौता–सौताले सल्लाह गरेर आफ्ना पतिले अन्य चेली बर्बाद नपारुन् भनी प्रहरीमा उजुरीसमेत गरे ।

विदेशबाट आउँदा २÷४ साता सम्पर्कमा आउने र ठूला आश्वासन दिंदै हिंड्ने गरेकाले आस लागेको उनीहरुले सुनाए । ‘सधैं अर्कोपटक आउँदा घर बनाउँछु र तिमीलाई लैजान्छु भन्दै झुक्यायो,’ पत्निमध्येका एक देवीले सुनाइन् । साताअघि पोखराको नदिपुरमा रहेकी कान्छी पत्नि अनुपालाई लिन गएका थिए । अनुपा अरु पत्नि रहेको थाहा पाएर आउन मानिन् ।

त्यसपछि मोटरसाइकल स्याङ्जा पाल्पा हुँदै घर फर्कने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीले श्रीमतीको मागबमोजिम उपचार र थुनाका लागिग घरनजिकको एलाका प्रहरी कावासोतीमा अड्डासार गर्दै शनिबार बुझाइदियो ।

श्रीमानको पाल्पा मेडिकल कलेजमा उपचार हुँदाहुँदै कारबाही माग गरेर निवेदन दर्ता गराएका हुन् । उनले एउटै गाउँका २ युवतीलाई पनि बिहे गरेको ३ वटीले ७ वर्षपछि मात्र थाहा पाए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१