सरकार र विद्रोहीलाई युद्धविराम अक्षरस लागू गर्न केरीको आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ बैशाख २०७१, आईतवार १५:२४

वासिङ्टन,  । अमेरिकी विदेश मन्त्री जोन केरीले शनिबार सुडान सरकार र विपक्षी बललाई जनवरीमा भएको युद्धविराम सम्झौताको अक्षरस लागू गर्न आग्रह गर्नुभएको छ ।

केरी र दक्षिण सुडानका राष्ट्रपति साल्भा किइरबीच भएको टेलिफोन वार्तामा सुडानमा हाल जारी द्वन्द्वको  विषयमा केरीले  गहिरो चिन्ता व्यक्त  गर्नुभएको जनाइएको छ ।

सुडानमा गत दुई महिनायता  जारी द्वन्द्वमा हजारौँ व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । त्यहाँ मध्य डिसेम्बरबाट वर्तमान राष्ट्रपति किईर र पूर्व उपराष्ट्रपति रिएक मचारका सैनिकबीच सुरु भएको राजनीतिक द्वन्द्वको कारण हजारौँले ज्यान गुमाएका बताइएको छ  ।

वार्ताको क्रममा  केरीले दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय  मिसन शिविर र त्यहाँका कर्मचारीमाथि  भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नु भएकोे छ ।

त्यसैबीच दक्षिण सुडान सरकारले गत डिसेम्बरमा पक्राउ गरिएका चार वरिष्ठ राजनीति अधिकारीको हाल गरिएको रिहाईको निर्णयलाई केरीले स्वागत गर्नुभएको जनाइएको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१