नेपाल महिला सङ्घ सङ्खुवासभाको अध्यक्षमा निरु बस्नेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७१, आईतवार ११:४५

योगी योगेन्द्र

संखुवासभा २७ पौष   । नेपाल महिला सङ्घ सङ्खुवासभाको तेस्रो जिल्ला अधिवेशनले नीरु बस्नेतको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका सचिवमा मञ्जु पोख्रेल र कोषाध्यक्षमा बिमा पाण्डे चयन हुनु भएको छ । सदस्यहरुमा तारा राई, शोभा घिमिरे, भद्रा अधिकारी, भीमादेवी जतिउन, सुशीला पराजुलीलगायत रहेका छन् ।
अधिवेशनले क्षेत्र नं १ का अध्यक्षमा मेनका थापा मगरसहित ११ सदस्यीय क्षेत्रीय समिति तथा क्षेत्र नं २ का अध्यक्षमा नानीमैयाँ श्रेष्ठसहित ११ सदस्यीय क्षेत्रीय समित निर्विरोध निर्वाचित गरेको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा क्षेत्र नं १ बाट उषा कार्की, अञ्जु गौली, सुशीला थपलिया, शिचुङ भोटेसहित आठ र क्षेत्र नं २ बाट पूर्वसभासद् बीना पौडेल, सुमित्रा श्रेष्ठ, सीता श्रेष्ठ, मुना पराजुली, रोहेणी राईसहित आठ केन्द्रीय प्रतिनिधि निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका अधिकृत भगवान् आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१