बुटवलमा मुलुकभरका धार्मिक गुरुको सम्मेलन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७१, आईतवार ११:११
  • हिन्दुराष्ट्रका लागि आन्दोलन चर्काउने उद्घोषaaa

कपिल ज्ञवाली
बुटवल,२७ पौष  । अब बन्ने संविधानमा नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नका लागि पूर्वदेखि पश्चिमसम्म आन्दोलनको चर्काउने उद्घोष गरेका छन् । हिन्दु राष्ट्र कायम गर्न माग गर्दै शनिबार बुटवलमा आयोजित राष्ट्रिय सन्त सम्मेलन २०७१ घोषणा सभामा हिन्दु संघसस्थाका प्रतिनिधि, साधु सन्त एंव बुद्धिजिविहरुले यस्तो उद्घोष गरेका हुन् ।eee

उनीहरुले जनताको अभिमत विपरित दलहरुले विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरेकाले ८२ प्रतिशत जनताको भावनामाथि खेलवाड नगर्न आग्रह गरेका छन् । विश्वमै हिन्दुहरुको देश भनेर चिनिने नेपालको धार्मिक र साँस्कृतिक अस्तित्व रक्षाका लागि जुट्नुपर्ने बेला आएको उनीहरुको भनाई छ । देशभर रहेका हिन्दुहरुको भावना विपरित धर्म निरपेक्षता कायम गरि दलहरु अगाडि बढे आन्दोलनको ज्वाला सिंहदरवारसम्म पुग्ने चेतावनी दिएका छन् ।abb

बुटवल सिदेश्वर उच्च माविको प्राङगणमा हजारौंको उपस्थितीमा भएको सन्त सम्मेलनको घोषणासभामा बोल्दै स्वामी श्री ज्ञानान्द सरसस्वती ज्यूले नेपाल सनतन हिन्दु धर्म मान्नेहरुको देश भएकाले कुनै पनि हालतमा धर्म निरपेक्ष स्विकार गर्न नसकिने बताउनुभयो । अर्का स्वामि कमलनयन आचार्यले नेपालको सनातन हिन्दूधर्म, संस्कृति र सभ्यताको राष्ट्रिय पहिचान तथा प्रतिष्ठा हटाउने बद्नियतले आर्थिक प्रलोभनमा परेर संक्रमणकालीन अन्तरिम संविधानमा धर्मनिरपेक्षता प्रस्तुत गरी राष्ट्रिय स्वाभिमान एवम् स्वाधीनतामाथि गम्भीर हमला गरेको आारोप लगाउनुभयो ।aaaaaa

कार्यक्रममा नेपाली काँग्रेसका नेता एंव पूर्वराज्यमन्त्री देवेन्द्रराज कडेलले आफु पहिला हिन्दु भएको बताउँदै बरु पार्टी छाड्न तयार रहेको बताउनुभयो । लुम्बिनी अञ्चल सहित देशैभरका करिव सय भन्दा बढि साधु सन्त र महर्षिहरुको सहभागिता रहेको कार्यक्रमा प्राध्यापक मोहन पसाद भण्डारी, डा. चिन्तामणी योगी, किरात धर्मविद डा.चन्द्र कुमार शेर्पा, सन्त श्री निवासचार्य, सन्त स्वामी महाराज, पुष्पराज मिरौला, हरिबोल भट्टराई, ज्योतिष एंव सम्मेलन प्रचार प्रसार संयोजक जर्नादन न्यौपाने, ज्ञानान्द सरस्वती महाराज, बहामण समाजका केन्द्रीय सभाअध्यक्ष रोमणीप्रसाद पाठकले सनातन हिन्दु राज्यका निम्ति बुटवलबाटै आन्दोलनको शुरुवात भएको उद्घोष गर्नुभयो । सम्मेलनको घोषणासभामा पूर्वराज्यमन्त्री एंव काग्रेस नेता देवेन्द्र पौडेल बोलिरहेको बेला एक जना सन्तले माईक तानेपछि कार्यक्रम स्थलमा केही बेर तनाव भएको थियो । काग्रेस नेताले हिन्दु धर्मको बारेमा बोलीरहदा पार्टीै धर्मनिरपेक्षमा गएको भन्दै ती सन्तले आक्रोशित हुँदै नेताको माईक खोसेका थिए ।

यसैविच बुटवलमा सम्पन्न भएको सन्त सम्मेलनले नेपाललाई संविधानत सनातन वैदिक हिन्दू राष्ट्रको पहिचान यथावत राख्न माग गर्दै देशैभर सभा गर्ने निर्णय गरेको छ ।
नेपालमा परम्परादेखि कायम रहेको ॐकार परिवारका सबै धर्म–सम्प्रदाय परिवारका बीचको सम्बन्धलाई अझ सुदृढ र सबल बनाउदै लैजाने एवं जातजातिलाई एकआपसमा फुटाएर कमजोर बनाई निहित स्वार्थ लिन खोज्ने तत्वलाई निरुत्साहित गर्दै जाने समेत चेतावनी दिइएको छ । घोषणापत्रमा कुनै पनि प्रकारको जातीय र लैगिंक भेदभाव वैदिक आचरण अनुकुल नभएको बताउँदै सुधारका लागि जातीय समानताका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । १२ बुदे घोषणापत्रमा वर्णाश्रम अन्तर्गतका अन्यमा पारिएका जातिलाई आदिवासीमा सूचिकृत गर्न माग गरिएको छ ।

यस्तै सनातन हिन्दूराष्ट्र संरक्षणार्थ सन्त सभा नेपाल मार्फत सनातन हिन्दूराष्ट्र संरक्षण सेवा कोषको स्थापना र सनातन धर्म संसद गठन गर्न स्वामी ज्ञानानन्द सरस्वतीको संयोजकत्वमा समिति गठन गरिएको छ । मघ ८ नजिकिदै जादा हिन्दुबादी संघसंस्थाहरुले संविधानमै हिन्दु राष्ट्रको माग गर्दै कार्यक्रम गर्न थालेका छन् । यसैक्रममा माघ २ गते चितवनमा विशाल सभा गर्ने समेत सो अवसरमा जानकारी गराईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१