ठगि गरेर फरार भएकी महिला पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ पुष २०७१, आईतवार १०:५३

नारायण रिजाल

delhi-new

बागलुङ २७ पौष  । केहि समय पहिले चर्को व्याज दिने प्रभोलनमा करोडौ रुपैया ठगी गरेर फरार भएकी एक महिला प्रहरीले प्रकाउ गरेको छ । बागलुङको तित्याङ गाविस १ घर भई बागलुङ बजारमा व्यापार गदै गरी बस्ने २९ बर्षिय अस्मिता खडकालाई शुक्रबार काठमाण्डौमा प्रहरीले पक्राउ गरेको हो ।
बा.न.पा. ३ निवासी तारा शाक्यले जिल्ला प्रहरी कार्यालय बागलुङमा दिएको निवेदनका आधारमा निज अस्मिता खड्कालाई प्रहरीले शुक्रबार काठमाण्डौंमा पक्राउ गरी हनुमान ढोकामा राखिएको र शनिबार नै बागलुङ ल्याएको सुचना अधिकृत शैलेन्द्र खडकाले बताउनुभयो ।
पिडित तारा शाक्यले यहि मंसिर १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा अस्मिाता खड्काले स्थानीय कुमारी बैंकमा रहेको उनको एनपिआर १५२२५२४४१३४४७०१७ को खाताबाट झिक्ने गरी २० लाख रुपैयाको चेक दिएकी थिईन बैकंमा जाँदा खातामा रकम नभएको भेटिएपछि आफु ठगिएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ । निज अस्मिता खड्काले दिएको भनिएको चेक तारा शाक्यको नाममा नभएको उनले आफ्नै नाममा काटिएको चेक भएको श्रोत भन्छ । शाक्यले अस्मितालाई के कारणले एकै चोटि त्यति ठुलो रकम दिएकी त्यो भने खुल्न सकेको छैन । त्यहि निवेदनको आधारमा खड्कालाई प्रहरीले नियन्त्रण लिई आवश्यक कारबाहि अघि बढाईएको जनाएको छ ।
अस्मिताले यस अबला बागलुङ बजारमा केहि व्यापारी तथा सर्वसाधारणलाई पनि चर्को व्याज कबुलेर लाखौ ऋण लिएको त्यसपछि फरार भएको बताईएको छ । चर्को व्याज आउने लोभमा अस्मितालाई ऋण दिने गरेको व्यापारीहरु बताउँछन । तर उनिहरुको लेनदेन लिखित नभएको कारण अहिले सम्म उजुरी नगेरको श्रोेतले बताउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१