पूर्वाञ्चल बन्दले जनजीवन प्रभावित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७१, शुक्रबार ११:४९

योगी योगेन्द्र

BAnda-ewsसंखुवासभा २५ पौष  । दोश्रो संबिधान सभाको बिघटन तथा सर्बपक्षिय गोलमेच सम्मेलनको माग राख्दै नेकपा–माओवादीेले गरेको बन्दका कारण पुर्वाञ्चलको जनजिवन कस्टकर बनको छ । पूर्वमा यातायातका साधन चलेका छैनन भने यात्रुहरुलाई पनि निकै सास्ती परेको छ । बजार, शैक्षिक संस्था तथा उद्योग कलकारखानामा पनि बन्दको प्रभाव परेको छ । बन्दका कारण ठुला सवारी साधनहरु कुनै पनि चलेका छैनन । एम्बुलेन्स , प्रेसका गाडी , र मोटरसाइकलहरु सञ्चालन भइरहेको छ । बन्दका कारण पूर्वका जिल्लाहरु संखुवासभा ,भोजपुर,धनकुटा,सुनसरी , मोरङ्ग , झापा , इलाम , पाचँथर , ताप्लेजुङ लगायतका मुख्य जिल्लाहरुमा सवारी ठप्प हुदा यात्रा गर्ने यात्रुहरु समस्यामा परेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१