श्रीमानले चक्कु प्रहार गर्दा श्रीमती गम्भीर घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ पुष २०७१, शुक्रबार ०९:५१

सम्राट सिंहdownload
बझाङ २५  पौष -जिल्लाको छान्नामा श्रीमानले चक्कु प्रहार गर्दा श्रीमती गम्भीर घाइते भएकी छन । बुधबार राती सामान्य घरायसी विवादका कारण श्रीमानले चक्कु प्रहार गरी श्रीमती घाइते बनाएकोे हो । जिल्लाको लामातोला गाविस ५ घर भएका श्रीमान लडे सुनारको चक्कु प्रहारबाट श्रीमती नन्दादेवि सुनार गम्भिर घाइते भएकी हुन । घाइते भएकी सुनारको घाँटीमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । घाइते सुनारको स्थानिय स्वास्थ्य चौकी छान्नामा उपचार हुन नसकी उपचारका जिल्ला अस्पतालमा ल्याइएको छ । चक्कु प्रहार गर्ने लडे सुनारलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डियसपी हिरा पाण्डेले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१