यसरी ल्याइएको थियो न्यायाधीश बमको हत्या गर्न पेस्तोल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७१, बुधबार ०९:४०

ranabahadur-bamकाठमाडौं, २३ पौष  – तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्या गर्न १२ हजार भारतीय रुपैयाँमा पेस्तोलहरु किनिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्याका योजनाकार बाबु थापाले भारतको बेतियबाट चारवटा पेस्तोल खरिद गरेको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का अनुसार हत्याको करिब तीन महिनाअघि बाबुले पेस्तोल ल्याएका थिए । तीमध्ये दुई पेस्तोल प्रहरीले बरामद गरेको छ । सिआइबीका निर्देशक डिआइजी हेमन्त मल्लका अनुसार बमको हत्या गरेपछि बाबुले पेस्तोल अन्य आपराधिक समूहलाई बिक्री गरेका थिए । प्रहरीले यसअघि नै दुई आपराधिक समूहबाट ती पेस्तोल बरामद गरिसकेको छ । तिनै पेस्तोलबाट बमको हत्या भएको जानकारी प्रहरीले अहिले पाएको छ ।

प्रहरीले १२ असोज ०७० मा पोखरामा पक्राउ परेको एक समूहबाट बमको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको थियो । सिआइबीका एसपी पीताम्बर अधिकारीका अनुसार सो समूहबाट मेड इन रसिया लेखिएको पेस्तोल बरामद भएको थियो । बाबुको समूहले गोली हान्न प्रयोग गरेको दुई पेस्तोलमध्ये एक त्यही थियो,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१