बाँके र बर्दियाका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार १०:४०

काशी पोख्रेल

बाँके २१ पौष  । संसदीय टोलीले बाँके र बर्दियाका कारागारको स्थलगत अनुगमन र निरिक्षण गरेको छ । व्यवस्थापिका संसद अन्र्तगत रहेको सामाजिक न्याय तथा मानवअधिकार समितिले कारागारको भौतिक अवस्था र कैदी बन्दीको अवस्था बुझेको छ । 10912818_872377799480525_1974569370_n
अनुगमनका क्रम दुवै कारागारमा क्षमताभन्दा बढी कैदी  राखिएको पाइएको छ । संसदीय समितिका अनुसार नेपालगन्ज कारागारमा ५५६ कैदी मध्ये ४४ महिला र ६ बालबालिका छन् । नेपालगन्ज कारागारको क्षमता २०० को मात्रै हो । त्यस्तै बर्दिया कारागारमा पुरुष र महिला गरी १२५ जनाको क्षमता रहेकोमा जिल्ला कारागारमा हाल २०७ सात जना कैदीबन्दीहरु रहेका छन् । जसमा १९६ पुरुष, १० महिला र १ जना बालक रहेका छन् ।
समितिका संयोजक पाँचकर्ण राईको नेतृत्वमा आएको टोलीले कारागारको स्थलगत अनुगमन र निरीक्षण गरेको हो । अनुगमनपछि समिति संयोजक राइले कारागारको भौतिक अवस्था र कारागार भित्र रहेका कैदी बन्दीहरुको मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइने बताए । उनले कारागारको अनुगमन र कैदीबन्दीहरुसँगको छलफलका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, आर्सेनिकयुक्त पानी पीउन बाध्य भएको, शौचालयको कमी र खेल सामाग्री नभएको लगायतका कुराहरु अनुगमनका क्रममा पाइएको बताए । 10922002_872377806147191_263318286_n
उनले बाँके र बर्दिया दुबै जिल्लामा क्षमताभन्दा बढी कैदी बन्दी रहेको पाइएको बताए ।  अनुगमनका क्रममा कैदीबन्दीहरुले ऐनमा व्यवस्था गरिए अनुसारको सेवा सुविधा नपाएको गुनासो गरेको संयोजक राईले बताए । बर्दियाका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जिल्ला स्तरबाट पुरा गर्न सकिने समस्याहरुका बारेमा पहल भैरहेको बताए । उनले आर्सेनिकरहित पीउने पानी, खेलकुदका सामाग्री र व्यवस्थित भान्छा घरका लागि जिल्ला विकास समितिसहित अन्य निकायसँग समन्वय भैरहेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१