बुढानीलकण्ठ नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ बैशाख २०८१, आईतवार ०५:४६

बुढानीलकण्ठ नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । बैशाख १४ गते (शुक्रवार) नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले संयुक्त रुपमा वितरण कार्यको शुभारम्भ गर्नुभएको हो ।

बुढानीलकण्ठ नगरपालिको कार्यालयमा राष्ट्रिय परिचयपत्रको लागी विवरण दर्ता गराउनु भएका नगरवासीहरु मध्ये Dear ….….. your NID card has been received at Budhanilkantha Municipality. You can collect your card within office hours. Best regards, DoNIDCR भनि मोवाईलमा मेसेज प्राप्त गर्नुभएका महानुभावहरुले नगरपालिका परिचयपत्र वितरण स्टेसनमा अथवा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी परिचय पत्र संकलन गर्नुहुन प्रमुख मिठाराम अधिकारीले जानकारी दिनुभएको छ ।

परिचयपत्र दिउँसो २ बजेबाट वितरण हुने नगरपालिकाले जनाएको छ ।

त्यस किसिमको मेसेज आएको व्यक्तिले राष्ट्रिय परिचयपत्र को विवरण दर्ताको Confirmation Page, नागरिकता प्रमाण पत्र / प्रतिलिपी र राष्ट्रिय परिचयपत्र तयार भएको मेसेज लगायतका कागजातहरु अनिवार्य लिई सम्बन्धीत व्यक्ति स्वयम् नै कार्यालयमा उपस्थित हुनु पर्ने छ ।

कुनै कारणवस कार्यालय समयमा लिन नभ्याउनेहरुको लागी सनिबार बिहान ०७ बजे देखी १० बजे सम्म सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । यसका लागी २ दिन अघिनै नगरपालिकाको सम्पर्क नं 014372725 मा फोन गरी नाम दर्ता गराउन अनुरोध गरीएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २९, २०८१