कस्तो नियम मस्जितमा कुर्कुच्चा समेत देखाउन नपाईने – गायिकालाई कारवाही चेतावनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ पुष २०७१, सोमबार ०६:४०

एजेन्सी ,
कस्तो नियम मस्जितमा कुर्कुच्चा समेत देखाउन नपाईने –  एक गायिकालाई कारवाही चेतावनी दिईएको छ ।
चर्चित हलिउड अभिनेतृ तथा गायिका सेलेना गोमाज विवादमा तानिएकी छिन् । उनले अवुधाविमा रहेको एउटा मस्जिद भित्र आफ्नो कुरकुच्चा देखाएर फोटो खिचाएको भन्दै मस्जिदका धर्म गुरुहरुले उनको चर्काे आलोचना  सहित कारवाहीको माग गरेका छन् ।
गोमाजले धार्मिक स्थलमा उत्ताउलो पोज दिएको आरोप लगाएका छन् । २२ वर्षिय अभिनेतृले सामाजिक सञ्जालमार्फत आफ्नो उक्त फोटो सेयर गरेकी थिइन्, उनको चर्काे आलोचना भएपनि उनले उक्त फोटो डिलिट गरिसकेकी छिन् ।
उक्त मस्जिदका धर्मगुरुहरुका अनुसार मस्जितभित्र मुस्कुराउन वा हास्न मनाई गरिएको हुन्छ तर गोमाजको उक्त फोटोमा आफ्नो कुरकुच्चा देखाएर मुस्कुराएकी छिन् । जुन मस्जितको नियम विपरित खिचिएको धर्मगुरुहरुको आरोप छ । मस्जितको नियम थाहा नहुनेहरूलाई मस्जित छिर्न समेत मनाही गरिएको हुन्छ ।
गत वर्ष मात्र अर्की तर्चित अभिनेतृ रिहानाले पनि उक्त मस्जिदको भ्रमण गरेकी थिइन, तर उनी मस्जितभित्र हाँसेपछि उनलाई तत्काल मस्जिद छोडन आग्रह गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१