डा. बाबुराम भट्टराईद्वारा चेपाङ समुदायलाई कम्मल वितरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ पुष २०७१, शनिबार ०५:४६

babu 2 गोरखा, १९  पौष । संवैधानिक–राजनीतिक संवाद समितिका सभापति, एनेकपा माओवादीका वरिष्ठ नेता तथा गोरखा क्षेत्र नं. १ का जनप्रतिनिधि डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्रका चेपाङ समुदायलाई कम्मल वितरण गर्नुभएको छ । चिसो बढ्दै जाँदा विपन्न चेपाङ समुदायलाई केही राहतस्वरुप डा. भट्टराईले आफ्नो तर्फबाट कम्मल वितरण गर्नुभएको हो ।

आज गोरखाको मकैसिङ गाविसस्थित बुटारमा एक कार्यक्रमबीच डा. भट्टराईले मकैसिङ, ताङ्लिचोक, भुम्लीचोक, घ्याल्चोकका चेपाङ परिवारलाई ६ सय कम्मल वितरण गर्नुभएको थियो ।

त्यसैगरी उहाँले गोरखा अस्पताल, दृष्टिबिहिन र केही विपन्न परिवारलाई ५० थान कम्मल वितरण गर्नुभएको थियो ।

साथै उहाँले आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायतलाई पनि कम्मल वितरण गनुभएको छ ।

डा. भट्टराईले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा हरेक सोमबार लेख लेखेवापत प्राप्त हुने पारिश्रमिकबाट २ सय वटा र आफ्नो तर्फबाट ५ सय थान कम्मल खरिद गरी वितरण गर्नुभएको हो ।babu

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१