बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थल मै मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०६:४३
तेजन खड्का, उर्लाबारी,१८ पौष । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा तिब्र गतिमा गुडेको बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार १ जनाको घटना स्थलमै मृत्यु भएको छ । मोटरसाईकलमा सवार थप २ जना गम्भीर घाईते भएका छन् ।

दिउँसो २ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ९६८ नम्बरको बसले मे २ प २६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार उर्लाबारी—४ का हरिभक्त सेम्बुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीले जानकारी दिए । घाईते दुईजनाको नाम खुल्न बाँकी रहेको र उनीहरुको न्युरो अस्पताल विराटनगर र उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रालिमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१