आमा–छोरीले बनाए यस्तो अनौठो विश्व कीर्तिमान !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०६:३०

भारत । भारत मध्यप्रदेशमा एक आमा छोरीको नाम गोल्डेन बुक अफ वल्र्ड रेकडर्समा लेखिएको छ । पहिलो वल्र्ड रेकर्ड बनाइन् १७ वर्षीय कृति जैनले ।१२ कक्षामा अध्ययन गर्ने कृतिले रामायण र गीताका २५ हजार श्लोक उल्टो अथवा मिरर राइटिङ गरेर विश्व कीर्तिमान बनाईन् । उनै कृतिकी आमा शीलाले कृतिको जन्मलेखि वर्तमान समयसम्मका ३४७० वस्तुको कलेक्सन गरेर नाम दर्ता गराएकी हुन् ।aama6orileगोल्डेन बुक अफ वल्र्ड रेकर्डका भारत प्रमुख डा.मनिष विश्नोईले यसप्रकारको विश्व रेकर्ड पहिला कसैले नबनाएको बताएका छन्। यही कारण यो अनौठो रेकर्ड हो ।यति कम उमेरमा संस्कृतका यति धेरै श्लोक पढ्न सक्नु र मिरर राईटिङ गर्न सक्नु कठिन काम हो । उनलाई ‘योङगेस्ट टु राईट लार्जेस्ट नम्बर अफ कलेक्सन इन मिरर राईटिङ’ को गोल्डेन सर्टिफिकेट प्रदान गरिएको हो ।कृतिसँगै उनकी आमा शीला जैनलाई पनि सोही कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो ।

शीलाले कृतिको जन्मदेखि आजसम्मका ३४७० भन्दा बढि वस्तुहरु संकलन गरेर राखेकी थिइन्, जो आफैमा एक रेकर्ड हो ।यसमा कृतिले लगाएको पहिलो कपडादेखि रबर, पेन्सिल, पेन्सिल बक्स, खेलौना, किताबदेखि सबैथोक थिए । यस कलेक्सनका लागि उनलाई ‘लार्जेस्ट कलेक्सन अफ क्रोनोलोजिकल मेमोरेबिलिया अफ प्रोजेनी’ शीर्षकमा गोल्डेन बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र दिइएको हो ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१