यौनसम्पर्कका लागि उत्तेजित हुन महिलालाई कति मिनेट लाग्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ पुष २०७१, शुक्रबार ०५:०८

यौनसम्पर्कका लागि उत्तेजित हुन प्रायः महिलालाई २० मिनेट लाग्छ भने कुनै पुरुषको कल्पना र फोरप्लेबाट उत्तेजित हुन उनीहरूलाई मात्र १० मिनेट लाग्छ ।

२. फ्यामिली प्लानिङ एसोसिएसनले गरेको सर्वेक्षण अनुसार कन्डम असफल हुनुको कारण यो लुज हुनु वा बढी टाइट हुनु हो । टाइट भए कण्डम फुट्छ र लुज भए बाहिर निस्कन्छ । अतः उचित आकारको कन्डम छनौट गर्नुपर्छ ।

३. एक सर्वेक्षणअनुसार गि्रकहरू अन्य देशका नागरिकको तुलनामा यौनसम्पर्कमा बढी संलग्न हुन्छन् ।

४. पुरुष एवं महिला दुवैले एकै दिनमा कैयन पटक आर्गेज्म अनुभव गर्छन् ।

५. के तपाईं यौनसम्पर्कका लागि उत्तेजित हुनुहुन्न ? त्यसो हो भने एक पटक बर्थ कन्ट्रोल पिल्स परिवर्तन गरेर हेर्नु उचित हुन्छ र कैयन अवस्थामा अलग-अलग पिल्समा पाइने हार्मोनले उत्तेजनालाई प्रभावित गर्छ । यसको परिवर्तनबाट समस्या समाधान हुन सक्छ ।

६. कतिपय अवस्थामा वीर्यबाट ब्लिचको गन्ध आउँछ । यसबाट कुनै हानि भने हुँदैन । यसको कारण त्यसमा पाइने रसायन हो । यो प्राकृतिक डिसइन्फेक्टेन्ट हो र यसले वीर्यलाई योनिमा पाइने एसिडको प्रभावबाट जोगाउँछ ।

७. ७५ प्रतिशत पुरुष आफ्नो पार्टनरसित आर्गेज्मको अनुभव गर्छन् ।

८. शारीरिक सम्बन्धपश्चात अधिकांश पुरुष सुत्छन् जुन प्रायः महिलालाई मन पर्दैन । यस्तो व्यवहार पुरुषले जानेर-बुझेर गरेको हुँदैन । आर्गेज्मले पुरुषको नर्वस सिस्टमलाई लो गर्छ जसको रासायनिक प्रभावबाट उनीहरूलाई निद्रा लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१