पहिले नै विमान दुर्घटनामा पर्ने भविष्यवाणी गरिएको थियो – चिनीया नागरिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ पुष २०७१, बिहीबार ०६:२२

विमान दुर्घटना पर्ने कुरा पहिला नै भएको कुरा अहिले आएर खुलेको छ ।  दुर्घटनाग्रस्त एयर एसियाका ६ जना यात्रुको शव फेला परेको र विमानको क्षतिग्रस्त भाग पनि फेला परेको समाचार एजेन्सीहरुले बताएका छन् । यसबीचमा सो विमान दुर्घटनामा पर्ने भविष्यवाणी दुई हप्ता पहिले नै गरिएको समाचारले सनसनी मच्चाएको छ । उक्त  समाचार अनुसार दुर्घटनाग्रस्त एयर एसियाको उडानमाथि समस्या रहेको र कुनै पनि बेला दुर्घटनामा पर्नसक्ने सनसनीपूर्ण खुलासा एकजना चिनीया नागरिकले आफ्नो ब्लगमा पोस्ट गरेका थिए ।

उक्त ब्लगमा जसले केही महिना पहिले मलेसिया एयरलाइन्सको विमान गावब गरेको हो उसैले मलेशिया एयरलाइन्स या एयर एशियाको उडानमाथि हमला गर्ने सम्भावना रहेको उल्लेख छ । यति मात्र हैन उक्त ब्लग मा विमान वेपत्रा हुनुमा द इंटरनेशनल ब्लैक हैंड नामको संगठनको हात रहेको समेत उल्लेख छ । आखिर कुन सुचनाको आधारमा सो कुरा वाहिर आयो भनेर सवैको चासो रहेको छ ।

यो खुलासापछि ब्लैक हैंड कुनै इस्लामिक उग्रवादी संगठनसंगको गठजोडमा त रहेको छैन भन्ने आशंका समेत हुन थालेको छ । ब्लगमा लेखिए अनुसार ब्लैक हैंडले अब एयर एशियाको विनाश गर्ने सोच बनाइसकेको छ । यो किनभने सो एयरलाइन्स् पनि मलेसियासंग सम्बन्ध राख्दछ ।

आश्चर्यको विषय त क छ भने ब्लगरले चिनीयालाई मलेसिया या एयर एसियाको विमानमा यात्रा गर्न लागेका भए आफ्नो निर्णइ फिर्ता लिन नत्र दुुर्घटनाको शिकार हुनुपर्ने चेतावनी दिइएको छ ।
आइतबार इण्डोनेसियाको सुयाबाराबाट सिंगापुरतर्फ उडेको सो विमान नेपाली समय अनुसार विहान सबा ७ बजे एयर ट्रैफिक कंट्रोलसंग सम्पर्क टुटेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१