यस्तो रेष्टुरेन्ट जहाँ छिर्ने बित्तिकै सेक्सको सनक चढ्छ !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ पुष २०७१, मंगलवार ०८:०१

 

दुनियामा यस्ता रेष्टुरेन्ट पनि छन् जसमा कुनै यौन धन्दा हुँदैन तर त्यहाँ छिर्ने बित्तिकै मानिसलाई कामवासनाले कुत्कुत्याउँछ वा सेक्सको सनक चढ्छ ।
 टेमटार रमीर नामको उक्त रेष्टुरेन्टमा भोजन जति मीठो छ त्यसको मादकता उत्तिकै रमाइलो छ । अर्जेन्टिनामा रहेको यो रेष्टुरेन्टमा छिर्ने बित्तिकै ग्राहक जुन सोफामा बस्छन् त्यसको ठीक अगाडि भित्तामा कामसूत्रका विभिन्न चित्र बनाइएको छ । त्यसमा विभिन्न यौनक्रियालाई सचित्र रुपमा देखाइएको छ । हरेक पेंटिङमा तपाइँ विभिन्न अलग अलग यौन क्रिडा तथा आसन देख्न सक्नुहुन्छ । रेष्टुरेन्टको टेबल तथा कुर्सीको बनावट पनि यौन अंगको जस्तो छ । रेष्टुरेन्टको भित्री वातावरण कामूक बनाउनका लागि रातो रंगको प्रकाशको व्यवस्था गरिएको छ ।
 रेष्टुरेन्ट छिर्ने बित्तिकै ग्राहकको हातमा एक मेनु पर्छ । रातो रंगको उक्त मेनुमा समेत एक से एक कामुक चित्र छन् । केवल चित्र मात्र कामुक छैनन् खानाका परिकारको नाम पनि उस्तै सेक्सी छ । जस्तै ‘टेस्ट जसले तपाइँलाई सम्भोगका लागि प्रेरित गर्छ’, ‘रातमा कुनै केटीको बासनाले पनि मलाई उत्तेजित गर्छ’, आदि आदि ।
 खानाका सबै परिकारको व्याख्या गर्नका लागि कामुक वाक्यहरुको प्रयोग गरिएको छ । यो रेष्टुरेन्टमा धेरै खाना शाकाहारी छन् भने माछा, प्रउन, चिकन तथा मटनका १०० भन्दा बढि परिकार समेत उपलब्ध छन् । यस्तो विचित्रको रेष्टुरेन्ट अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा अवस्थित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१