सेलिब्रिटी जस्तै देखिने १३ साधारण व्यक्ति, फरक आफैँ छुट्टाउनुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७१, शनिबार ०७:४५
भनिन्छ, संसारभरि ठ्याक्कै तपाईंजस्तै देखिने ६ जना व्यक्तिहरु हुन्छन् । यो भनाई कत्तिको साँचो त्यो विषयतिर अहिले नलागौँ तर तपाईंको साथी सर्कलमध्ये कतिजनाको अनुहार, हाउभाउ, शरिर कोही चिरपरिचत व्यक्तित्वसँग मेल खाएको जस्तो तपाईंलाई लाग्न सक्छ । यहाँ त्यस्ता १३ साधारण व्यक्तिहरुको फोटो विभिन्न चर्चित व्यक्तित्वहरुसँग गाँसेर राखिएको छ जसलाई हेर्दा वास्तविक सेलिब्रिटी को हो भनेर छुट्याउन तपाईंलाई हम्मे–हम्मे पर्नसक्छ । महात्मा गान्धीदेखि शाहरुख खानसम्मका सेलिब्रिटी जस्तै देखिने भारतीय नागरिकहरु यस्ता रहेका छन्ः
१. यी युवक सलमान खान जस्तै देखिन्छन्ः यी युवक उचाइमा साना भनिने सलमान खानभन्दा पनि साना छन् । अरु केहि भिन्नता भन्नुपर्दा उनले मृग मारेका छैनन् र कुनैपनि आपराधिक रेकर्ड उनको नाममा दर्ता भएको छैन ।
२. यी बिजनेसम्यान कांग्रेस आइका नेता राहुल गान्धीजस्तै देखिन्छन् । त्यहि डिम्पल, त्यहि मुस्कान ! भिन्नताः उनी न त गान्धीका वंश हुन् न त कुनै राजनितिज्ञ । राहुलको भिन्नतामा उनी विवाहित हुन् ।
३. यी पुरुष जो आमिर खानजस्ता देखिन्छन्ः भिन्नताः यी व्यक्ति वास्तविक आमिर खानभन्दा अग्ला देखिन्छन् ।
४. यी मार्सल आर्टस्का खेलाडी ब्रुस लि जस्तै देखिने भएकाले फिल्ममा अवसर पाएः उनी चेन्नईका हुन् र कराँतेका डबल ब्ल्याक बेल्टको उपाधि जित्ने व्यक्तिसमेत । उनको नाम पनि ब्रस नै हो । उनले तामिल फिल्म ‘पुढिया ब्रुस लि’ नामक फिल्ममा अभिनय गरेको छन् ।
५. यी मानिस मनमोहनसिंह जस्ता देखिन्छन् र पहिरन पनि उनको जस्तै लगाउँछन्ः भिन्नताः उनी राजनितिज्ञ होइनन् र उनी बोल्न सक्छन् ।
६. भारतीय क्रिकेटर विरेन्द्र सेहवागः अब भन्नुहोस् यहाँ विरेन्द्र सेहवाग कुन हुन् ? दायाँ कि बायाँ ?
७. नाना पाटेकरः विशेषतः उनको निधार र नाक
८.यी  ‘इन्डियन ओइल’ का कर्मचारी  सेफ अलि खान जस्तै देखिन्छन्ः भिन्नताः मात्र करिना कपुरले बताउन सक्छिन् । उनले खानको जस्तो पहिरन लगाउनुपर्ने हुन्छ ।
९. महात्मा गान्धीको परिवारका सदस्य ? डरलाग्दो !
१०. यी व्यक्ति सचिन तेन्दुल्कार जस्तो देखिँदैनन् मात्र उनको जुम्ल्याहा भाइजस्ता देखिन्छन्ः कहिलेकाँही यिनीहरु सँगै डुल्ने गर्दछन् ।
११. अल्बर्ट आइन्स्टाइनः भिन्नता देख्नुहुन्छ ? नजिकबाट नियाल्नुस्ः मानिसहरुले यी व्यक्तिलाई भारतको कुनै ठाउँमा डुलिरहेको देखेका थिए ।
१२. यी राजनितिज्ञले भोट पाउनका लागि बिन लादेनजस्तो दाह्री पाले र उनको जस्तै पहिरनमा देखिन थालेः
 १३. यी व्यक्ति शाहरुखका जुम्ल्याहा जस्तै देखिन्छन्ः यी व्यक्ति आफ्नो जीवनयापनका लागि इन्दोरमा समोसा बेच्ने गर्दछन् । कसैले उनलाई बलिउडमा प्रवेशको लागि सहयोग गर्नसक्छ ?
१४. बोनस

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१