पिकेले यसरी बदल्यो एउटा माग्नेको जीवन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ पुष २०७१, शनिबार ०७:३२

बलिउडका निकै चर्चित कलाकार आमिर खानको नयाँ फिल्मले बलिउडको बजार निकै तताएको छ । चिया गफमा होस् या सपिङ मलमा सपिङ गरिरहेका बेला, मानिसहरु सबैको मुखमा यसको वाहवाही छ । बलिउडको प्रशंसा गर्ने नेपाललगायत विभिन्न देशका नागरिकहरुले पिकेलाई एउटा हेर्नै पर्ने फिल्मको श्रेणीमा राखेका छन् । दिन दुगुना रात चौगुना नाफा गरिरहेको यो फिल्मका निर्माता राजकुमार हिरानी, बिदु विनोद चोपडा, सिद्धार्थ रोय कपुरलाई नाफा त भएको छ नै यसका कलाकार आमिर खान, अनुष्का शर्मालगायतका फिल्ममा प्रत्यक्ष र अप्रत्यक्ष संलग्न सबै कलाकारहरुको सम्पत्तीलाई थप गर्न यसले मद्दत गरेको छ ।

 फिल्ममा स्थापित कलाकारलाई फिल्म पिकेले अझ उच्च स्थानमा पुर्याउन सफल भएको छ जो सबैलाई थाहा छ । तर तपाईंमध्ये सबैलाई यो फिल्मले एउटा माग्नेको जीवनलाई पनि परिवर्तन गरेको कुरा थाहा छैन होला । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पिकेमा असाममा बस्ने मनोज नामका एक माग्नेको पाँच सेकेन्डको दृश्य रहेको छ । फिल्मको एउटा दृश्य अनुसार बाटोको किनारामा लट्ठीको साहारमा मागेर बसिरहेका मनोजको अगाडि आमिर नाच्दै अगाडि आउँछन् र उनको भाँडो बाटो केहि पैसा चोर्ने गर्दछन् । यति गरुञ्जेल आमिर र मनोजले पाँच सेकेन्डको समय बिताउँछन् तर यहि पाँच सेकेन्डले मनोजको जीवनलाई रातारात परिवर्तन गरिदिएको छ । आफू चार दिनको मात्र हुँदा आमा गुमाएका मनोजले कक्षा पाँचमा पढ्दै गर्दा विद्यालयबाट निकालिनु परेको पीडा इन्डियन एक्सप्रेसलाई बाँड्दै उनले आफ्नो जीविकोपार्जनका लागि माग्न सुरु गरे बताए । उनी भन्छन्, ‘मेरो बुवा सधैँ बिरामी परिरहनुहुन्थ्यो ।
के गरौँ र कसो गरौँ भन्ने दोधारका बिच मैले दिल्लीको जन्तर मन्तरमा अन्धोको नाटक गरेर माग्न सुरु गरेँ । एक दिन, दुईजना व्यक्ति आएर अभिनय गर्न सक्छौ भनेर सोधे । ‘यहि अभिनयको साहाराले नै मैले दुई छाक खान पाएको छु,’ मैले उत्तर दिएँ । मसँग छुट्नुभन्दा अगाडि उनीहरुले मलाई २० रुपैयाँ दिए र एउटा फोन नम्बर पनि । जब मैले फोन गरेँ, मलाई नेहरु स्टेडियम आउन आग्रह गरियो । अर्को दिन त्यहाँ पुग्दा मैले आफैँलाई फिल्मको युनिटको भिडमा पाएँ । त्यसपछि मलाई अडिसन हुने ठाउँमा लगियो जहाँ अरु सातजना माग्नेहरु पहिले नै बसिरहेका थिए, उनीहरु सबै दृष्टिविहिन थिए । मलाई फिल्म र त्यहाँ संलग्न मानिसको बारेमा केहि पनि थाहा थिएन ।’ ‘निःशुल्क दिइने खानाको लोभले म त्यहाँ ६ दिनसम्म गएँ, सातौँ दिन मलाई छानियो,’ मनोजले बताए । इन्डियन एक्सप्रेसका अनुसार पाँचतारे होटलमा बस्न पाएको रातलाई उनले अहिलेसम्म पनि विश्वास गर्न सक्दैनन् । ‘पानीको हाहाकार भएको सानो बस्तीमा जीवन गुजारिरहेकोे मैले आफूलाई कयौँ दिनसम्म ननुहाई राखेको थिएँ ।
 तर त्यो होटलमा मैले मेरा खुट्टाहरुलाई स्विमिङ पुलको पानीले सुम्सुम्याउन सक्थेँ । मैले आमिर खान र अनुष्का शर्मासँग कुम मिलाउन सक्थेँ । म अहिलेसम्म पनि ती पललाई विश्वास नै गर्न सक्दिनँ,’ मनोजले भने । आफूले अभिनय गरेको पैसा लिएर उनले केहि दिन मुम्बईमा बिताए र आफ्नो गाउँ गए । ‘घर जाँदा मलाई निकै सम्मान गरियो । मानिसहरुको मन जित्न प्रोमोले निकै भुमिका खेलेको थियो । अहिले मलाई मानिसहरुले पिके हनि सिंह भनेर बोलाउने गर्दछन् । मेरो अहिले फेसबुक अकाउन्ट छ र गाउँको पसलमा एउटा जागिर पनि । र प्रेमिका पनि । मैले उनलाई पहिले पटक क्रिसमसमा भेटेँ । यो सबै आमिर खानको कारण सम्भव हुन पुगेको हो, ’ मनोजले मिठो मुस्कानसहित बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१