बेपत्ता विदेशी नागरिकको खोजीलाई सहयोग गर्न आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ बैशाख २०७१, शनिबार ०६:५४

काठमाडौँ,  वैशाख । विभिन्न समयमा हिमाल आरोहणका क्रममा हराएका बेपत्ता विदेशी नागरिकको खोजिकार्यलाई सहयोग गर्न आफन्तले आग्रह गरेका छन् ।

आफन्तहरूले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो तवरबाट आफन्तहरूको निरन्तर खोजी कार्य गर्दा पनि पत्ता नलागेको उल्लेख गर्दै खोजी कार्यमा सघाउन नेपाल सरकारसँग माग गरे ।

नोवेम्वर २०१३ देखि अन्नपूर्ण क्षेत्रमा हराएका अस्ट्रेलियाका नागरिक मेथ्यु लेइन अलप्रेसका आफन्त मार्गरेट अलप्रेसले भन्नुभयो,–“मेरो आफन्त हराएको एक बर्ष भइसक्यो, हामीले हराएदेखि नै तीव्ररूपमा खोजिकार्यलाई जारी राखेका छौँ तर नेपाल सरकारले कुनै चासो देखाएको छैन्, त्यसमा हाम्रो गुनासो छ ।”

त्यसैगरी २४वर्षीय बेलायती नागरिक जिसियस सफलस विगत दुई वर्षदेखि नाम्चे बजारबाट हराइरहेकाले खोजी दिनुहुन आफन्तजनले अपिल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१