गाडी चलाउने साउदी महिलालाई आतङ्ककारी बिल्ला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ पुष २०७१, शुक्रबार १३:२२
काठमाडौँ  । (एजेन्सी ) साउदी अरेबियाकी एकजना महिलालाई सवारी हाकेको आरोपमा आतङ्कवादी अदालतमा पठाइएको छ। साउदी अरेबियामा महिलालाई आफैले सवारी चलाउन अनुमति छैन ।
उनलाई कानुन विपरीत काम गरेको भन्दै विगतदेखि नै थुनामा राखी अनुसन्धान गरिएको थियो । बिहीबार प्राप्त समाचारअनुसार ती महिलालाई सोही आरोपमा नै साउदी अरेबियाकै आतङ्कवादी क्रियाकलाप हेर्ने अदालतमा पठाइएको छ । उनलाई आज सो अदालतमा उपस्थित पनि गराइएको समाचारमा जनाइएको छ ।
साउदी अरेबियाको पूर्वी प्रान्त अल आसामा रहेको सो अदालतमा उनको बिहीबार सुनुवाई समेत भएको नाम नबताउने सर्तमा एक मानवअधिकारवादीले जानकारी दिएका छन् । लाउजैन हाथलाउल नाम गरेकी ती साउदी महिलाले सवारी चलाएको आरोपमा यही डिसेम्बर १ मा पक्राउ गरिएको थियो ।
उनले साउदी अरेबियामा कायम रहेको महिलाले सवारी हाक्न नपाउने प्रावधानको विरोध गर्दै आएकी थिइन् । उनले साउदी अरेबियामा महिला अधिकारका पक्षमा पनि बोल्दै आएकी थिइन् । उनले आफ्नो देशको सो कानुनको विरोधमा युनाइटेड अरब इमिरेट्सबाट सवारी हाकेकी थिइन् ।
उनी स्वदेश फर्किए लगत्तै उक्त देशको सीमा नजिकैबाट देशमा विद्यमान कानुनको अपमान गरेको भन्दै पक्राउ गरिएको थियो । उनी हाल थुनामा नै छिन् । साउदी अरेबिया नै विश्वको एकमात्र यस्तो देश हो जहाँ महिलालाई सवारी हाक्ने अधिकार छैन । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१